5 years ago
February 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्याण्डमा यसै साता देखी सुरु हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले बिदाई गरेको छ ।
बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच क्यानका सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशन सिंह, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल लगायतले खेलाडीलाई बिदाई गरे । इस्टर्न रिजनको घोषणा टोलीमा राम्रो लयमा हुनुको साथै प्रर्दशन गरि रहेका अनुभवी ब्याट्सम्यान शरद भेषवाकर, स्पिनर वसन्त रेग्मी र युवा स्पिनर ललित नारायण राजवंशी टोलीमा छैनन् । यसै विषयलाई लिएर गरिएको प्रश्नमा कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘उनीहरु टि ट्वान्टी टोलीमा अगाडी देखिनै थिएनन् । हामीले अब नयाँलाई पनि मौका दिनुपर्छ । खास गरेर फिटनेशको कुरा आउने पनि हुँदा अझ युवा खेलाडी उपयुक्त हुन्छ की भनेर अघि बढाएको हो ।’
‘नेपालको एक दिवसिय खेलमा उनीहरु प्रमुख खेलाडी हुन् । टि ट्वान्टीमा हामीले परिवर्तन पनि गर्नुपर्छ’, त्यसैमा उनले थपे, ‘युवा खेलाडीमा नेपाललाई जिताउने क्षमता छ । नयाँलाई पनि मौका दिनुपर्छ । सन् २०२२ सम्म हामी तयार पनि हुनुपर्छ’।
त्यस्तै ज्ञानेन्द्रले तयारी राम्रो भएको र नेपालले उपाधि जित्दै एसिया कप टि ट्वान्टी क्वालिफयारमा स्थान बनाउने बताए । ‘हामीलाई टि ट्वान्टी मोडमा आउनु थियो । सबै खेलाडी फिट र तयार छन् । त्यहाँ गएर राम्रो क्रिकेट खेल्दै उपाधि जित्ने हो । क्वालिफयार हुँदै एसिया कप खेल्ने लक्ष्य छ ।’
‘टि२० मा विपक्षीलाई कहिले पनि कमजोर हाक्नु हुँदैन । हामीले अघिल्लो पटक पनि ठूलो मौका गुमाएका छौं । अहिले वेस्टर्न रिजनमा ओमानको पनि उदाहरण हेरे हुन्छ ।’
बाँया हाते ब्याट्सम्यान कुशल मल्लले पनि ओपनिङ गर्न सक्ने सम्भावना रहेको ज्ञानेन्द्रले बताए, ‘शीर्ष तीनमा पनि पारस, म र कुशल नै हौं । अब कसले कहाँ खेल्ने त्यहाँ पुगेर टुंगो लाग्नेछ ।’
त्यस्तै विश्वभर फैलि रहेको कोरोनो भाईरस बारे नेपाली टोली सतर्क रहेको बताए । ‘हाम्रो फिजियोले पनि हेर्नु भएको छ । कोरोनोको त्यस्तै कुनै गाह्रो छैन । हाम्रो ध्यान खेलमा हुनपर्छ । ग्राउण्ड र होटलमा कोरोनाको जोखिम छैन भन्ने सुनेका छौं’ ,उनले भने ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]