default_image

5 years ago

February 26, 2020

पुबुद अर्को साता नेपाल आउने

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके  आइतबार नेपाल आउने भएका छन् ।

Pubudu

आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को टोली भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षक पुबुदु झण्डै एक महिना नेपालमा बस्ने छन् । भैरहवाका अनुसार उनी ट्यालेन्ट हन्टको लागि आइतबार बिहान नेपाल आई पुग्ने छन् ।

इपिएल सम्म उनी नेपालमै रहने छन् । इपिएल चैत्र १ देखी १५ सम्म टीयू क्रिकेट मैदानमा हुँदै छ । भैरहवाले ट्यालेन्ट हन्ट फागुन २२ मा भैरहवामा गर्दै छ । ट्यालेन्ट हन्टबाट पुबुदुले खेलाडी छनोट गर्ने छन् ।

ग्ल्याडियर्टसले गत भदौंमा पुबुदुलाई प्रशिक्षकमा नियुक्त गरेको थियो । शरद भेषावकर कप्तान रहेको भैरहवा गत वर्षको उपविजेता टोली समेत हो । भैरहवाले वेस्ट इन्डिजका अलराउन्डर ड्वेन स्मिथलाई टोलीमा अनुबन्ध गरि सकेको छ ।

भैरहवामा शरदसँगै, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहित कुमार पौडेल, हरि शंकर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमान्शु दत्त खेलाडी छन् ।

सन् २०११ मा पुबुदु नेपाली टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए । उनको प्रशिक्षकमा नेपालले डिभिजन ४, ३, २ को उपाधि जित्नुका साथै २०१४ को टि२० विश्वकप पनि खेलेको थियो ।

जुन विश्वकपलाई नेपाली क्रिकेटकै इतिहासकै सर्वाधिक ठूलो सफलता मानिन्छ । नेपाल क्रिकेट संघ (क्यान) को बारम्बार आन्तरिक किचलोको कारण पुबुदुले आफ्नो भविष्य नदेखेपछि सन् २०१५ मा प्रशिक्षक पद छाडेर अमेरिका गएका थिए ।

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.