5 years ago
February 24, 2020
एजेन्सी – तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि न्युजिल्यान्ड विरुद्ध जारी टेस्ट सिरिजको पहिलो खेलमा पाहुना टोली भारत १० विकेटले पराजित भएको छ ।
सोमबार चौथो दिनको खेलमा भारत आफ्नो दोस्रो इनिङमा १ सय ९१ रनमा नै अलआउट भएपछि न्युजिल्यान्डले मात्र ९ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य मात्र १० बलमा पूरा गर्दै न्युजिल्यान्डले सहज जित दर्ता गर्यो । यससँगै २ खेलको टेस्ट सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ । दोस्रो टेस्ट शनिबारदेखि क्राइस्टचर्चमा सुरु हुनेछ ।
सोमबार पहिलो विकेटका रुपमा अजिन्क्या रहाने २९ रन जोड्दै बोल्टको बलिङमा कट बिहाइन्ड भएपछि भारतको विकेट पतन सुरु भएको थियो । त्यसपछि हनुमा विहारी १५ रनमा बोल्ड भए । आश्विन ४ रनमा साउथीको एलबीडब्लु शिकार बन्द इशान्त शर्मा ग्रान्डहोमको बलमा आउट हुन पुगे । ऋषभ पन्तले २५ रन जोड्दै क्याचआउट भए भने जस्प्रित बुमारहले खाता खोल्न सकेनन् । न्युजिल्यान्डका लागि साउथीले ५ तथा ट्रेन्ट बोल्टले ४ विकेट हात पारे ।
पहिलो इनिङमा १ सय ६५ मा अलआउट भएको भारतको यस खेल अवधिभर ब्याटिङ चलन सकेन । जवाफमा न्युजिल्यान्डले भने कप्तान विलियमसनको ८९ रनको मदतले ३ सय ४८ रनको योगफल खडा गर्यो । उक्त स्कोर नै जितको आधार बनेको थियो । खेलमा कुल ९ विकेट लिएका टिम साउथी म्यान अफ द म्याच भए ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]