default_image

5 years ago

February 22, 2020

अब ‘चान्समा डान्स’ गर्नैपर्छ..

156 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

घरेलु प्रतियोगिता र उमेर समुहको प्रर्दशननै राष्ट्रिय टोलीमा पुग्ने मुख्य आधार हो । तर सबै खेलाडीको हकमा यो लागु हुन्छ भन्ने हुँदैन । घरेलु क्रिकेटमा निरन्तर राम्रो प्रदर्शन गर्दापनि राष्ट्रिय टोलीमा उक्त भूमिकामा खेलाडी पर्याप्त हुँदा अवसरका लागि लामो समय प्रतिक्षा गर्नुपर्छ । बायाँहाते स्पिनर भुवन कार्की यस अवास्थाबत गुज्रेका ज्वलन्त उदाहरण हुन् ।

पछिल्लो दशक नेपाली टोलीमा दुई स्पिनर वसन्त रेग्मी र शक्ति गौचनले नियमित खेले । नेपालले एक समय सन्जम रेग्मी खेल्दा त तीन विशेषज्ञ स्पिनर नै खेलाउने गर्थ्यो । त्यसपछि पछिल्लो केहि वर्ष सन्दीप लामिछानेले तेस्रो स्पिनरका रुपमा खेले । हाल शक्ति गौचनको संन्यास र वसन्त रेग्मी टोलीमा भित्र-बाहिर चलिरहँदा ललित नारायण राजवंशी र सुशन भारि टोलीमा छन् । नेपालले पछिल्लो समय दुई विशेषज्ञ स्पिनर मात्र नियमित खेलाउने गरेको छ ।

यसबीचमा भुवनले लगातार घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेपनि राष्ट्रिय टोलीसम्म भने यात्रा तय गर्न सकेनन् । झन्डै ३ वर्षअघि टोलीमा अवसर पाएका उनले त्यसबेला पनि सम्भावना देखाएका थिए । तर त्यसलाई निरन्तरता दिने अवसर उनले पाएनन् । २०१७ मार्चमा बंगलादेशमा भएको एसीसी इमर्जिङ एसिया कपमा हङकङविरुद्ध राष्ट्रिय टोलीको जर्सीमा देखिएका उनी तीन वर्षपछि थाईल्यान्डमा हुने एसीसी इस्टर्न रिजनको लागि राष्ट्रिय टोलीमा अटाएका छन् ।

‘मैले यस पुनरागमनलाई एकदम गम्भिर रुपमा लिएको छु । तीन वर्ष टोलीबाट बाहिर रहनु खेलाडीको जीवनमा सामान्य कुरा होइन । तीन वर्षको महत्त्व मैले राम्रोसँग बुझेको छु ‘, भुवनले हाम्रो खेलकुदसँग भने, ‘यो अवसरलाई म चुक्न दिन्न । यहाँबाट मैले जीवनभर जतिसम्म क्रिकेट खेल्छु तबसम्म राष्ट्रिय टोलीमा रहने हिसाबले तयारीमा जुटेको छु ।’

उमेरले २६ वर्ष पुगेका भुवनले यसअघि राष्ट्रिय टोलीमा पर्न आफ्नो समय राम्रो नभएको भन्दै चित्त बुझाउछन् । ‘ त्यो समयमा अनुभवी शक्ति र वसन्त दाई हुनुहुन्थ्यो । त्यतिबेला मेरो समय पनि राम्रो थिएन होला । अहिले सहि समय आएको छ । सहि समयलाई सदुपयोग गर्न चाहन्छु । म यहि अवसरको पर्खाइमा थिए । अब मैले यो चान्समा डान्स मार्नुपर्छ,’ भुवनले मुस्कानसाथ भने ।

राष्ट्रिय टोलीमा फर्कन गरेको तीन वर्षको प्रतिक्षाको मूल्य भुवनले राम्रोसँग बुझेका छन् । उनले उक्त समयलाई बिर्साउनलाई नै थप मिहिनेत गर्न तत्पर रहेको बताउँछन् । ‘तीन वर्षसम्म बाहिर बस्न एकदमै गाह्रो हुँदो रहेछ । म त्यो कुरा शब्दमा भन्न सक्दिन । क्षमता भएर पनि खेल्न नपाउँदा धेरै नै गाह्रो हुन्छ,’ उनले थपे, ‘ अझ पारिवारिक कारण एक वर्ष घरमै बस्नुपर्यो । अनि खुट्टाको चोटले पनि केहि समय मैदानबाहिर रहें । समयले नै साथ नदिएको थियो होला जो अहिले राम्रो अवसर पाएको छु ।’

भुवनले सन् २०१२ मै कुवेतविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । त्यसै वर्ष अष्ट्रेलियामा भएको यू१९ विश्वकपमा उनले ६ खेलमा ९ विकेट लिएका थिए । लगातार दुई वर्ष उमेर समुहमा उत्कृष्ट प्रर्दशन गरेका भुवन सन् २०१४ मा भएको नेपाल प्रिमियर लिगमा पन्चकन्या तेजबाट १५ विकेट लिँदै म्यान अफ द सिरिज नै चुनिए । सन् २०१४ मा डिभिजन थ्रीमा राष्ट्रिय टोलीबाट दुई खेल खेल्दै ७ विकेट लिए । नेपाललाई डिभिजन थ्रीको उपाधि दिलाउन फाइनलमा युगान्डाविरुद्ध भुवनले ४ विकेट लिएका थिए ।

सन् २०१५ जनवरी २४ मा डिभिजन टु अन्तर्गत तेस्रो स्थानको लागि केन्यासँग भएको खेलमा उनले लिष्ट ए डेब्यू गरे । केन्यासँगको डेब्यू खेलमा भुवनले १० ओभरमा १ मेडन सहित ३१ रन खर्चेर १ विकेट लिए । २०१७ मार्चमा बंगलादेशमा भएको एसीसी इमर्जिङ एसिया कपमा भुवनले बंगलादेश यू२३ र हङकङ विरुद्ध खलेका थिए । हङकङविरुद्ध लिएको दुई विकेट नै भुवनको लागि राष्ट्रिय टोलीबाट लिएको अन्तिम विकेट रहँदै आएको छ ।

पछिल्लो समय फ्रेन्चाइज लिगमा निरन्तर उत्कृष्ट प्रर्दशन गरेपछि भुवन टि२० टोलीमा पर्दै तीन वर्षपछि पुनरागमन गर्न सफल भए । गत फागुनमा सीवाईसी अत्तरियालाई धनगढी प्रिमियर लिगको उपाधि दिलाउन भुवनले ७ खेलमा १४ विकेट लिँदै सर्वोत्कृष्ट बलर समेत चुनिए । दोस्रो संस्करणमा पोखरा प्रिमियर लिगमा चितवन राईनोज च्याम्पियन बन्दा भुवनले ६ खेलमा १० विकेट लिँदै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिए । भुवन अर्को महिना सुरु हुने एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्याडियटर्सबाट खेल्दैछन् ।

घरेलु क्रिकेटमा सशस्त्र प्रहरी बलमा आबद्ध भुवन स्पिन बलिङमात्रै होइन तल्लोक्रममा आक्रामक ब्याटिङका लागि समेत परिचित छन् । होचो कद भएपनि छरितो रहेका भुवन नेपालका उत्कृष्टमध्यका फिल्डरमा पर्छन् । पछिल्लो समय नेपाली क्रिकेटमा स्पिनरको स्थान केहि खुला देखिएको छ । शक्तिको संन्यास र वसन्त करीअरको अन्त्यतिर नजिकिंदा ललित र सुशनबीच प्रतिस्पर्धा देखिएको छ । भुवन यस अवसरलाई सदुपयोग गर्दै आफ्नो बाटो बुन्न चाहन्छन् । सुरुवाती रोजाई नभएपनि कम्तिमा टोलीमा नियमित स्थान बनाउन भुवनले इस्टर्न रिजनमा उत्कृष्ट प्रर्दशन गर्नुपर्छ ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.