default_image

5 years ago

February 20, 2020

नयाँ इतिहास रच्दै टेलर

181 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डका सर्वाधिक अनुभवी ब्याट्सम्यान रस टेलरले विश्व क्रिकेट जगतमा नयाँ इतिहास रच्दै छन् । शुक्रबार भारतसँग हुने पहिलो टेष्ट खेलसँगै टेलरको नाममा नयाँ कीर्तिमान बन्नेछ ।

शुक्रबार भारतसँग टेष्ट खेल्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टेष्ट, ओडीआई र टि ट्वान्टी गरि तीनै फर्म्याट क्रिकेटमा एक सय खेल खेल्ने टेलर पहिलो खेलाडी बन्दै छन् । हालसम्म टेलरले ९९ टेष्ट, २ सय ३१ ओडीआई र १ सय टि ट्वान्टी आई खेलेका छन् । टेलरले टेष्टमा दक्षिण अफ्रिकाविरुद्ध सन् २००७ मा डेब्यु गरेका थिए । सन् २००६ मा वेस्ट इन्डिजविरुद्ध ओडीआई र श्रीलंकाविरुद्ध टि ट्वान्टी आईमा डेब्यु गरेका थिए ।

‘विश्व क्रिकेटमा थुप्रै राम्रा क्रिकेटर छन् । म पहिला तीनै खेलमा १ सय खेल खेल्ने पहिला खेलाडी बन्छु भने त्यो धेरै राम्रो हुने छ’, टेलरले भनेका छन् ।

टेलर पछिल्लो समय उत्कृष्ट लयमा छन् । भारतसँगको पहिलो ओडीआई खेलमा ३ सय ४८ रनको लक्ष्य पुरा गर्न टेलरले १ सय ९ रनको अविजित शतकीय इनिङ खेल्दै ‘प्लेयर अफ द म्याच’ चुनिएका थिए । त्यस्तै उनले भारतविरुद्ध दोस्रो ओडीआईमा ७३ रनमा अविजित रहँदा तेस्रो खेलमा १२ रनको योगदान दिएका थिए ।

भारतसँगको ओडीआई सिरिज ३–० ले जित्दा टेलर ‘म्यान अफ द सिरिज’ चुनिएका थिए । त्यस्तै भारतसँगको पाँच टि ट्वान्टी सिरिजमा टेलरले उत्कृष्ट प्रर्दशन गरेपनि टोलीमा फिनिसरको कमि हुँदा क्लिनस्वीपको शिकार बन्न परेको थियो ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.