5 years ago
February 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – हिमालय क्रिकेट लिगमा बुधबार वालुवाटार क्रिकेट क्लबका दिनेशजंग बुढामगर र ओसिस क्रिकेट एकेडेमीका सचिन शर्माले उत्कृष्ट शतक प्रहार गरेका छन् । बुधबार मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वालुवाटारले ५० ओभरमा २ सय ६५ रन बनाउन ९ विकेट गुमाएको अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गर्यो ।
वालुवाटरका दिनेशजंग बुढामगरले १ सय २ बलमा १७ चौका र ४ छक्का सहित १ सय २८ रनको शतकीय इनिङ खेले । ओपनर अभिनाश सिंह ४५, प्रशान्त पन्डित १५, नविन तामाङ २६, आयुष पौडेल १२ र पुजन गुरुङ ११ रनमा आउट भए । ओसिसका स्वरुप श्रेष्ठले ५, सचिन शर्मा २, सुमित श्रेष्ठ र रोशन पुलामीले १-१ विकेट लिए ।
पहिलो दिनको खेल सकिदा ओसिसले ५३ ओभरमा ३ सय ६४ रन जोड्न ६ विकेट गुमाएको छ । उसका सचिन शर्मा १ सय ३ बलमा १९ चौका सहित १ सय १७ रनमा अविजित छन् । आशिफ झा ४५ बलमा १३ चौका सहित ६० रनमा आउट भए । त्यस्तै सोनु अन्सारीले ५४ बलमा ११ चौका र ३ छक्का सहित ७९ रनको आक्रामक इनिङ खेले ।
सन्दीप वस्नेत २३, रोशन पुलामी ११ रनमा आउट हुँदा सुमित श्रेष्ठ ६८ रनमा अविजित छन् । सातौं विकेटका लागि सुमित र सचिनले १ सय ५४ रनको शतीकय अविजित साझेदारी गरेपछि ओसिसले अग्रता लिएको छ । पहिलो दिनको समाप्तीमा ओसिस ९९ रनले अघि छ । वालुवाटारका सुरेश बस्नेत ३, नविन तामाङ २ र राजन जिसीले १ विकेट लिए ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]