default_image

5 years ago

February 18, 2020

दिपकको शतकसँगै नवलपुरको सहज जित

69 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दिपक डुम्रेकको विष्फोटक शतकसँगै नवलपुरले गण्डकी प्रदेश स्तरीय यु –१६ एक दिवसिय क्रिकेट प्रतियोगितामा मंगलबार कास्की बीलाई २ सय ४५ रनले पराजित गरेको छ ।

पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नवलपुरले ४५.२ ओभरमा सबै विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । २ सय ८२ रनको लक्ष्य पछ्याएको कास्कीलाई २१ ओभरमा ३६ रन बटुल्दा अलआउट भएको थियो ।

नवलपुरका लागि दिपकले शतक पुरा गरे । प्रतियोगितामा शतक पुरा गर्ने उनी पहिलो खेलाडी बनेका छन् । १ सय ८ बलमा खेल्दै १४ चौका र २ छक्का प्रहार गरेका दिपकले १ सय २७ रन बनाएका थिए । त्यस्तै शदर तिवारिले ४९ रन बनाए । उनले ६४ बलमा ४ चौका प्रहार गरे ।

प्रमिश अर्यालले ७, प्रविन भुजेलले ६ रन, सुरज आचार्यले ९ रन र स्वीकार श्रेष्ठले ८ रन जोडे । कास्की बी को लागि दर्पण डागिले ७ ओभरमा ४० रन खर्चंदै ४ विकेट लिए । सुदिप भट्टराई,समिर लामिछाने र सुसान्त गिरीले समान २ विकेट लिए ।

नवलपुरका अगाडि कास्की बी निरिह रह्यो । कास्कीका ओपनर सफल श्रेष्ठ शुन्य रनमै पेभेलिय फर्किए भने अर्को ओपनर आकाश शर्मा ४ रनमा आउट भए । कास्कीको लागि सुशान्त गिरिले २४ रन बाहेक अन्य कुनैपनी ब्याट्म्यानले दोहोरो अकंमा रन जोड्न सकेनन् । सुशान्त ४७ बलमा ४ चौका प्रहार गरे ।

नवलपुरको लागि स्वीकार श्रेष्ठले ३ विकेट लिए । शुसिल क्षेत्री, सुरज आचार्य, अबिसान्त न्युरेले समान २ विकेट लिए । शतक बनाउने दिपक खेलको म्यान अफ दी म्याच घोषित भए ।

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.