5 years ago
February 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान आशिफ शेखको शतक र तीब्र गतिका बलर राशिद खानको उत्कृष्ट बलिङमा वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले ‘हिमालय क्रिकेट लिग’ मा हिमालय क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको छ ।
हिमालय क्रिकेट एकेडेमीले पहिलो इनिङमा (एचसीए) ३४.१ ओभरमा १ सय ४४ रनमा अल आउट भएको थियो । एचसीएका रजत तिमल्सिनाले सर्वाधिक ४२ रनको सर्वाधिक इनिङ खेले । गजेन्द्र बोहराले १६, अमृत थापाले १४, भुमिसिंह कुवँरले १६ र सन्दीप शाहीले २३ रन जोडे । बलिङतर्फ ग्रेट हिमालयका स्पिनर सोनु देवकोटाले ३, तीब्र गतिका वलर राशिद खान र मोहम्मद हुसेनले समान २-२ विकेट लिए ।
ग्रेट हिमालय पहिलो इनिङमा ६० ओभरमा ३ सय २० रन बनाएको थियो । ग्रेट हिमालयलाई बलियो योगफलमा पुर्याउन कप्तान आशिफ शेखले ९५ बलमा १७ चौका र १ छक्का सहित एक सय रनको शतकीय इनिङ खेले । त्यस्तै आयुश बस्नेतले ६९ र आयुशमान बमले ५३ अर्ध शतकीय योगदान दिदै बलियो योगफलमा पुर्याए । अशोक बस्नेतले ५२ रनको अर्ध शतकीय इनिङ खेले । सन्दीप शाहीले सर्वाधिक ४ विकेट लिए । कप्तान प्रतिश जिसीले २, गजेन्द्र बोहरा र दिपक बोहराको नाममा १-१ विकेट रह्यो ।
दोस्रो इनिङमा हिमालय क्रिकेट एकेडेमी ७०.१ ओभरमा २ सय ३५ रनमा अल आउट भयो । उसका दिपक बोहराले १ सय ६ बलमा ६ चौका सहित सर्वाधिक ५३ रनको योगदान दिए । विराट भण्डारी ३१, गजेन्द्र बोहरा २२, अमृत थापा ११, रजत तिमिल्सिना ३७, दिपक बोहरा १४, भुपि सिंह कुँवर १३ र प्रतिश जिसी २१ रनमा आउट भए । ग्रेट हिमालयका तीब्र गतिका बलर राशिद खानले २०.१ ओभरमा ५ मेडन राख्दै ५१ रन खर्चेर ५ विकेट लिए । सोनु देवकोटा र अरियो पौडेलले २-२ विकेट लिए । अभिषेक बस्नेतको नाममा १ विकेट रह्यो ।
ग्रेट हिमालयले दोस्रो इनिङमा १३.४ ओभरमा ६१ रन जोड्न ३ विकेट गुमाएको अवस्थामा खेल सकिएको थियो ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]