5 years ago
February 18, 2020
भूपेन्द्र जिसी, काठमाडौं
चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को लागि सबै टोलीले आफ्नो तयारी थालि सकेका छन् । धेरै टोलीले आफ्ना प्रमुख विदेशी खेलाडीको नाम सार्वजनिक गरि सकेका छन् । केहि सार्वजनिक गर्ने तरखरमा छन् ।
चैत १ देखि १५ सम्म टीयू क्रिकेट मैदानमा हुने इपिएल अहिले सम्मकै उत्कृष्ट हुने अनुमान गरिएको छ । क्रिस गेलसँगै, हसिम अमला, पल स्टर्लिङ, ड्वेन स्मिथ, मोहम्मद शाहजाद, केभीन ओ ब्रायन, उपुल थरंगा जस्ता स्टार खेलाडी इपिएल खेल्न आउदै छन् । युवा र नेपाली खेलाडीलाई ती स्टार खेलाडीबाट सिक्ने ठूलो अवसर हुने छ । उत्कृष्ट प्रर्दशन गर्न सके सिनियर टोली सम्म पुग्न सहज हुन्छ ।
केहि युवा खेलाडी आफ्नो क्षमता देखाउन इपिएलको पर्खाइमा छन् । ती खेलाडीको लागि इपिएल अझ महत्वपूर्ण हुने छ । केहि युवा खेलाडीले इपिएलमा डेब्यू गर्दै उत्कृष्ट प्रर्दशन गर्न सक्ने अनुमान गरिएको छ । आगमी इपिएलमा यी पाँच युवा खेलाडीले जसले डेब्यु गर्दै राम्रो प्रर्दशन गर्न सक्छन् ।
अनिल खरेल (स्पिनर)
पारस खड्का कप्तान रहेको विराटनगर वारियर्सले स्पिनर अनिल खरेललाई १ लाख २७ हजार रुपैयाँ खर्चेर अनुबन्ध गरेको छ । खरेल पोखरा प्रिमियर लिगमा एक्स्पर्ट धनगढी ब्लुबाट ४ खेलमा ८ विकेट लिदै उदयमान खेलाडी चुनिएका थिए । खरेलले त्यस अघि धनगढी प्रिमियर लिगमा रुपन्देही च्यालेन्जर्सबाट गत वर्ष खेलि सकेका छन् ।
पछिल्लो समय राम्रो लयमा रहेका खरेलको इपिएलमा डेब्यूको संभावना बलियो देखिन्छ । विराटनगरमा अनिलसँगै बिक्रम भुषाल र वसन्त रेग्मी स्पिनरको रुपमा छन् । टीयूको पिचमा कम्तिमा दुई स्पिनर विराटनगरले मैदान उतार्ने छ । दुई स्पिनरमा वसन्त र अनिलको नाम अघि देखिन्छ । विराटनगरको समग्र टोली हेर्दा अनिलको डेब्यूको सम्भावना बलियो छ । अनिलले डेब्यू गर्दै इपिएलमा राम्रो प्रर्दशन गर्न सक्छन्
शेर मल्ल (अलराउन्डर)
यू१९ का अलराउन्डर शेर मल्ललाई इपिएलमा काठमाडौं किंग्स ११ ले टोलीमा अनुबन्ध गरेको छ । काठमाडौंले शेरलाई ८६ हजार रुपैयाँमा खर्चेर टोलीमा भित्र्याको थियो । शेरको इपिएलमा डेब्यूको सम्भावना छ । शेरले पछिल्लो समय उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । टीयुको पिच स्पिनर उपयोगि हुँदा काठमाडौं कम्तिमा प्रमुख २ स्पिनरका साथ मैदान उत्रने छ । तल्लोक्रममा शेरले ब्याटिङ पनि गर्दछन् । काठमाडौंमा स्पिनरको रुपमा शेरसँगै, लेग स्पिनर सन्दीप लामिछाने र दिपेन्द्र रावत छन् । दीपेन्द्रले गत वर्ष डिपिएलमा राम्रो प्रर्दशन गरेका थिए । त्यस यता उनी खासै घरेलु ठूला प्रतियोगिता खेलेका छैनन् । यता शेरले यू१९ र घरेलु लिगमा निरन्तर राम्रो प्रर्दशन गरि रहेका छन् । जसको कारण शेर सम्भावना बलियो छ ।
शेरले अघिल्लो महिना एमएम कपमा मलेसिया-११ लाई ४९ ओभरमा अल आउट गर्न शेरले १० ओभरमा ३ मेडन सहित ११ रन खर्चेर ५ विकेट लिएका थिए । उनले अमेरिकाविरुद्ध अभ्यास खेलमा अघिल्लो हप्ता मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ बाट ७.२ ओभरमा १ मेडन सहित १३ रन खर्चेर ४ विकेट लिदै जित पक्का गरेका थिए । इस्टर्न रिजनको लागि सिनियर टोलीको बन्द प्रशिक्षणमा परेपनि अन्तिम १४ मा स्थान बनाउन सकेनन् ।
विकास आग्री (बलर)
सुदूरपश्चिम प्रदेशका युवा तीब्र गतिका बलर विकास आग्रीको पनि डेब्यूको संभावना रहन्छ । शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्याडियटर्सले आग्रीलाई न्यूनतम मूल्य ५१ हजारमा अनुबन्ध गरेको थियो । भैरहवामा तीब्र गतिका बलरको रुपमा अभिनाश बोहरासँगै आग्री र कृष्ण कार्की छन् । आग्रीले पिएम कपमा प्रदेश ३ विरुद्ध दोस्रो संस्करणमा ५.३ ओभरमा २८ रन खर्चेर ३ विकेट लिएका थिए ।
भारतबाट क्रिकेट खेलेर हुर्किएका आग्रीले पछिल्लो समय घरेलु क्रिकेट राम्रो प्रर्दशन गर्दै आएका छन् । पहिलो संस्करणको कर्णाली प्रिमियर लिगमा उत्कृष्ट प्रर्दशन गरेका आग्रीले सुनसरीमा भएको नाइट इनरुवा टि ट्वान्टी कपमा एपिएफबाट उत्कृष्ट प्रर्दशन गरेका थिए ।
खडक बोहरा (ब्याट्सम्यान)
सुदूरपश्चिम प्रदेशका युवा ब्याट्सम्यान खडक बहादुर बोहरा यस पटकको इपिएल चितवन टाइगर्समा अनुबन्ध भएका छन् । खडकले पछिल्लो समय यू१९ र घरेलु प्रतियोगितामा राम्रो प्रर्दशन गर्दै आएका थिए । गत असारमा मलेसियामा भएको एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सिंगापुरविरुद्ध ९० बलमा १२ चौका सहित ९० रनको इनिङ खेलेका थिए ।
त्यस्तै खडक गत पिएमकपमा सुदूरपश्चिम प्रदेशबाट ४ खेलमा १ सय २१ रन जोड्दै उदयमान खेलाडी घोषित भएका थिए । चितवनको ओपनिङमा आयरल्यान्डका पल स्टर्लिङ र अफगानिस्तानका मोहम्मद शहजादले गर्ने छन् । तेस्रो स्थानमा खडकको संभावना छ । उसको मध्यक्रममा भिम सार्की, आदिल खान जस्ता ब्याट्सम्यान छन् । यसै पटक चितवनले मध्यक्रमका भरपर्दा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी र पृथु बास्कोटलाई बेचेको छ । जसको कारण पनि खडकको सम्भावना देखिन्छ ।
रित गौतम (ब्याट्सम्यान)
यू१९ का कप्तान रित गौतमलाई पोखरा राइनोजले टोलीमा भित्र्याउन १ लाख २० हजार रुपैंयामा खर्चेको थियो । ओपनर ब्याट्सम्यान रितको टोलीमा बलियो सम्भावना छ । पोखरामा वेस्ट इन्डिजका विश्फोटक ब्याट्सम्यान क्रिस गेल अनुबन्ध भएका छन् । पोखराबाटै हसिम अमलाले पनि खेल्ने चर्चा छ । तर आधिकारीक निर्णय आएको छैन । तल्लोक्रममा विनोद भण्डारी, लोकेश बहादुर बम तल्लोक्रममा छन् । मध्यक्रममा रित गौतम र पृथु बास्कोटा छन् । पृथुले पछिल्लो समय घरेलु क्रिकेटमा साखै राम्रो प्रर्दशन गर्न सकेका छैनन् । उता रितले निरन्तर रन बनाउदै आएका छन् ।
क्रिस गेलले सुरुवाती दुई खेल मात्र खेल्ने हुँदा रितले त्यसपछि ओपनिङ गर्न सक्छन् । सुनिल धमला पनि रहेको हुँदा यस पटक रित मध्यक्रमबाट खेल्ने सम्भावना देखिन्छ । सुनिलको खराब प्रर्दशन रहँदा ओपनिङमा पोखराको नजर रित माथि रहने छ । सुरुवाती खेलमा उनी बेन्चमानै बसेपनि कुनै ब्याट्सम्यानले खराब प्रर्दशन गरे त्यसको विकल्प रित हुने देखिन्छ । रित उमेर समुहमा दुई शतक प्रहार गर्ने एक्लो नेपाली ब्याट्सम्यानमा पनि हुन् । यू१९ मा रितको लय र पोखराको हालसम्मको टोली हेर्दा डेब्यूको सम्भावना देखिन्छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]