5 years ago
February 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान आशिफ शेखको शतकमा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले यू१९ दुई दिवसिय हिमालय क्रिकेट लिगको पहिलो दिन वलियो अग्रता लिएको छ ।
पहिलो दिनको खेल समाप्तीमा ग्रेट हिमालयले क्रिकेट एकेडेमीले हिमालय क्रिकेट एकेडेमीविरुद्ध १ सय ६४ रनको अग्रता कायम गरेको छ । आइतबार मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ रोजेको हिमालय क्रिकेट एकेडेमी (एचसीए) ३४.१ ओभरमा १ सय ४४ रनमा अल आउट भएको थियो । एचसीएका रजत तिमल्सिनाले ३८ बलमा ८ चौका र १ छक्का सहित ४२ रनको सर्वाधिक इनिङ खेले ।
गजेन्द्र बोहराले १६, अमृत थापाले १४ , भुमिसिंह कुवँरले १६ र सन्दीप शाहीले २३ रन जोडे । बलिङतर्फ ग्रेट हिमालयका स्पिनर सोनु देवकोटाले ३, तीब्र गतिका वलर राशिद खान र मोहम्मद हुसेनले समान २-२ विकेट लिए । अरियो पौडेल र विवेक यादवको नाममा १-१ विकेट रह्यो ।
ग्रेट हिमालय पहिलो इनिङमा ६० ओभरमा ३ सय २० रनमा अल आउट हुन पुग्यो । ग्रेट हिमालयलाई बलियो योगफलमा पुर्याउन कप्तान आशिफ शेखले ९५ बलमा १७ चौका र १ छक्का सहित एक सय रनको शतकीय इनिङ खेले । त्यस्तै आयुश बस्नेतले ६९ र आयुशमान बमले ५३ अर्ध शतकीय योगदान दिदै बलियो योगफलमा पुर्याए । अशोक बस्नेतले ५२ रनको अर्ध शतकीय इनिङ खेले । सन्दीप शाहीले सर्वाधिक ४ विकेट लिए । कप्तान प्रतिश जिसीले २, गजेन्द्र बोहरा र दिपक बोहराको नाममा १-१ विकेट रह्यो ।
हिमालय क्रिकेट एकेडेमीले दोस्रो इनिङमा १२ रन जोड्दा पहिलो दिनको खेल सकिएको छ । यू १९ दुई दिवसिय शैलीको प्रतियोगिता माथिल्लो मुलपानी क्रिकेट मैदानमा फागुन १९ गते सम्म चल्ने छ । प्रतियोगितामा काठमाडौं क्रिकेट टेनिङ सेन्टर, वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालय क्रिकेट एकेडेमी, ओसिस क्रिकेट एकेडेमी, वालुवाटार क्रिकेट एकेडेमी र नेक्सस क्रिकेट एकेडेमी गरि ६ टोलीको सहभागिता रहनेछ ।
पहिलो इनिङ ६० ओभरको हुने छ । पहिलो दिन कम्तिमा १ सय ५ ओभरको हुने छ । एक घण्टामा १५ ओभर गरिसक्नु पर्नेछ । हरेक खेलको विजेता टोलीले १० अंक प्राप्त गर्ने छन् । सँगै बोनस अंक पनि जोडिने छ । खेल बराबरीमा सकिएको अवस्थामा ५ अंक बाडिनेछन् । साथै इनिङको बोनस अंक जोडिने छ । खेल वर्षाको कारण रद्द भएको अवस्थामा दुवै समान २ अंक पाउने छन् । १ सय रन बराबर १ अंक हुने छ । प्रत्येक विकेटको ०.५ अंक हुने छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]