5 years ago
February 17, 2020
एजेन्सी – तीब्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ टि ट्वान्टी वरियतामा सुधार गरेका छन् । सोमबार सार्वजनिक गरेको नयाँ टि ट्वान्टी वरियतामा करणले अलराउन्डरतर्फ एक स्थान सुधार गर्दै ७४ औं स्थानमा रहेका छन् ।
नयाँ वरियता अनुसार अलराउन्डरतर्फ सोमपाल ६६ र पारस खड्का २७ औं स्थानमा यथावत छन् । पारस ब्याटिङतर्फ ६२ औं स्थानमा यथावत छन् । बलिङतर्फ स्पिनर सन्दीप लामिछानेले एक स्थान सुधार गर्दै ८४ औं स्थानमा रहेका छन् ।
दक्षिण अफ्रिकासँगको तीन टि ट्वान्टी सिरिजमा उत्कृष्ट प्रर्दशन गरेका इंग्ल्यान्डका कप्तान इओन मोर्गन ९ औं स्थानमा उक्लिएका छन् । भारतीय कप्तान विराट कोहली १० औं स्थानमा झरेका छन् । ब्याटिङतर्फ पाकिस्तानका ओपनर बाबर आजम शीर्ष, भारतीय लोकेश राहुल दोस्रो र अस्ट्रेलिया कप्तान आरोन फिन्च तेस्रो स्थानमा छन् ।
बलिङतर्फ अफगानिस्तानका स्पिनर राशिद खानन शीर्ष स्थानमा यथावत छन् । अलराउन्डरतर्फ अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी शीर्ष स्थानमा छन् । टि ट्वान्टी नयाँ वरियतामा नेपाल १२ औं स्थानमा यथावत छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]