default_image

5 years ago

February 17, 2020

कोरोनाले इस्टर्न रिजन टि२० प्रभावित

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण तीन टोलीले सहभागिता नजनाउने भएपछि थाईल्यान्डमा हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट छनोट प्रभावित बन्न पुगेको छ । यससँगै ५ टोलीको मात्र सहभागिता रहने प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियासँग खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिलले सोमबार इस्टर्न रिजनको नयाँ खेल तालिका सार्वजनिक गरेको छ । भुटान, चीन र म्यानमारले कोरोना भाइरसको कारण प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् । यी तीन टोलीले नाम फिर्ता लिएसँगै इस्टर्न रिजन अव लिगको आधारमा हुने छ । लिगपछि शीर्ष दुई टोली अगष्टमा मलेसियामा हुने एसिया टि ट्वान्टी क्वालिफयारको लागि छनोट हुने छन् ।

चीन, भुटान र म्यानमारले सहभागिता नजनाउने भएपछि प्रतियोगिता दुइ दिन पछि सरेको छ । अव नयाँ तालिका अनुसार इस्टर्न रिजन फागुन १७ देखी २३ गते सम्म (२९ फ्रेबअरी देखी ६ मार्च ) सम्म हुने भएको छ । इस्टर्न रिजनमा नेपाल सहित थाईल्यान्ड, हङकङ, सिंगापुर र मलेसियाबीच प्रतिस्पर्धा हुने छ । इस्टर्न रिजनको लागि नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्य टोली घोषणा गरि सकेको छ ।

नेपालको खेल तालिका

फागुन १७ : नेपालविरुद्ध मलेसिया

फागुन १८ : नेपालविरुद्ध हङकङ

फागुन २१ : नेपालविरुद्ध थाईल्यान्ड

फागुन २३ : नेपालविरुद्ध सिंगापुर

इस्टर्न र वेस्टन रिजनबाट छनोट भएर आउने शीर्ष दुई दुई टोली गरी चार टिमले अगष्टमा मलेसियामा एसिया टि ट्वान्टी क्वालिफयार खेल्ने छन् । जसको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टि ट्वान्टी कप प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसँग खेल्न पाउने छ ।

इस्टर्न रिजनको लागि राष्ट्रिय क्रिकेट टोली :

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप कप्तान), पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, कुशल मल्ल, सुशन भारी, पवन सरार्फ, सन्दीप जोरा, भुवन कार्की, र किशोर महतो

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.