5 years ago
February 17, 2020
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुबन्धित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणको पहिलो खेल चैत १७ मा घरेलु मैदानमा किंग्स इलाभेन पञ्जावसँग खेल्ने भएको छ ।
आईपीएलको उद्घाटन चैत १६ मा साविक विजेता मुम्बई इन्डिन्स र चेन्नई सुपर किंग्सबीच वानखडे क्रिकेट स्टेडियममा हुने छ । यस पटक आईपीएल ५० दिन सम्म चल्ने छ । यस अघि ४४ दिन सम्म चल्ने गर्दथ्यो । लिगमा कुल ५६ खेल हुने छन् । लिगको अन्तिम खेल जेठ ४ मा बेंगलोर र मुम्बई भिड्ने छन् । फाइनल जेठ ११ मा हुने छ । यस पटक ६ आइतबार मात्रै २ खेल हुने छन् । अन्य सबै दिन १ खेल मात्रै हुने छ ।
सन्दीप सम्मिलित दिल्लीको खेलतालिका
चैत्र १७ : दिल्लीविरुद्ध पञ्जाब (दिल्ली)
चैत २१ : कोलकताविरुद्ध दिल्ली (कोलकता)
चैत २३ : राजिस्थान रोयल्सविरुद्ध दिल्ली (गुवाहाटी)
चैत २८ : दिल्ली विरुद्ध बेंगलोर (दिल्ली)
वैशाख १ : दिल्ली विरुद्ध चेन्नई (दिल्ली)
वैशाख ७ : दिल्लीविरुद्ध कोलकता (दिल्ली)
वैशाख १० : बेंगलोरविरुद्ध दिल्ली ( बेंगलोर)
वैशाख १४ : हैंदराबादविरुद्ध दिल्ली (हैंदराबाद)
वैशाख १९ : मुम्बईविरुद्ध दिल्ली (मुम्बई)
वैशाख २१ : दिल्लीविरुद्ध हैंदराबाद ( दिल्ली)
वैशाख २४ : दिल्ली विरुद्ध मुम्बई (दिल्ली)
वैशाख २८ : चेन्नई विरुद्ध दिल्ली (चेन्नई)
वैशाख ३१ : दिल्ली विरुद्ध राजिस्थान (दिल्ली)
जेठ ३ : पञ्जावविरुद्ध दिल्ली (मोहाली)
दिल्लीको पूर्ण टोली :
शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर (कप्तान), ऋषभ पन्त(विकेटकिपर) , इशान्त शर्मा, अक्षर पटेल, अमित मिश्रा, हर्ष पटेल, आवेश खान, कागिसो रबाडा, किमो पल, सन्दीप लामिछाने, अजिंक्या रहाणे, रविचन्द्रन आश्विन, शिम्रन हेटमायर, जोसन रोय, क्रिस वोक्स, एलेक्स करी, मोहित शर्मा, तुषार देशपान्डे, ललित यादव, मार्कस स्टोइनिस
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]