5 years ago
February 17, 2020
एजेन्सी – भारतको अहमदाबादस्थित मोटेरामा संसारकै सर्वाधिक ठूलो क्रिकेट रंगशालाको निर्माण भई रहेको छ । उक्त स्टेडियमको उद्घाटन अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पबाट गराउने तयारीमा भारत रहेको छ ।
संसारकै ठूलो उक्त स्टेडियमको उद्घाटन ट्रम्पले भारत भ्रमणको बेला गर्ने बुझिएको छ । ह्वाइट हाउसका अनुसार ट्रम्प र श्रीमती मेलानिया ट्रम्पले फागुन १२ र १३ मा नयाँ दिल्लीमा भ्रमण गर्दै छन् । मोटेरामा निर्माणधिन उक्त क्रिकेट स्टेडियम गुजरात क्रिकेट एसोसियसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ठूलो परियोजना हो ।
सन् २०१७ बाट निर्माण सुरु भएको उक्त मैदानको क्षमता १ लाख १० हजार दर्शक अट्ने रहेको छ । उक्त स्टेडियम निर्माण खर्च १ सय मिलियन डलरमा रहेको छ । हाल अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा विश्वकै सर्वाधिक क्षमता रहेको छ । जसको क्षमता १ लाख दर्शक अट्ने रहेको छ ।
उक्त स्टेडियमको गुजरात क्रिकेट एसोसिएशन भव्य उद्घाटन गर्ने तयारी गरिरहेको छ । त्यस अवसरमा उक्त स्टेडियममा एसिया ११ र विश्व ११ बीच च्यारिटी क्रिकेट खेल हुने छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]