5 years ago
February 16, 2020
एजेन्सी – नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) एक दिवसिय अन्तर्राष्ट्रिय (ओडीआई) वरियतामा सुधार गरेको छ । नेपालले आईसीसीले आइतबार सार्वजनिक गरेको नयाँ ओडीआई वरियतामा एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ ।
नयाँ वरियता अनुसार नेपालको १२ खेलमा २ सय ३७ अंक र २० रेटिङ छ । १७ औं स्थानमा नामिबिया, १८ औं यूएई, १९ मा अमेरिका र २० मा पप्पुवा न्युगिनी छन् ।
शीर्ष स्थानमा इंग्ल्यान्ड छ । भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र अष्टेलिया पाँचौ स्थानमा छन् । पाकिस्तान छैटौं, बंगलादेश सातौ, श्रीलंका आठौं, वेस्ट इन्डिज नवौं र अफगानिस्तान शीर्ष १० मा छ ।
आयरल्यान्ड ११ औं, जिम्बावे १२ औं, नेदरल्यान्ड १३ औं, ओमान १४ औं र स्टकटल्यान्ड १५ औं स्थानमा छन् । नेपाल र अमेरिकासँगको त्रिकाणात्मक ओडीआई सिरिजमा शतप्रतिशत जितेको ओमानलाई ओडीआई वरियतामा राम्रो सहयोग पुगेको छ ।
चारै खेल हारेको अमेरिका खस्किन पुग्यो । टि ट्वान्टीमा भने नेपाल १२ औं स्थानमा यथावत छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]