default_image

5 years ago

February 16, 2020

सेन्चुरी र एनआईसी एसिया बैंकलाई सफलता

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत दोश्रो दिन आइतबार सुबिसु, सिभिल बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, कामना सेवा विकास बैंक, नबिल बैंक, नेपाल टेलिकम, सेन्चुरी बैंक र कुमारी बैक विजयी भएका छन् ।

पहिलो खेलमा सुबिसुले नबिल बैंकलाई १ रनले पराजित गर्यो । सुबिसुले प्रस्तुत गरेको ६१ रनको लक्ष्य पक्ष्याएको नबिलले निर्धारित ५ ओभरमा ४ विकेट गुमाउँदै ५९ रन मात्र बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच चुनिएका सुबिसुका दमन चन्दले अन्तिम ओभरमा उत्कृष्ट वलिङ गर्दै जित पक्का गरे ।

दोश्रो खेलमा सिभिल बैंकले प्राइम कमर्सियल बैंकलाई ११ रनले पराजित गर्यो। सिभिलले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा प्राइमले ५१ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका सिभिल बैंकका राजिव श्रेष्ठले २५ रन बनाउनुको साथै १ विकेट समेत लिए ।

दिनको तेश्रो खेलमा माछापुच्छ्रे बैंकले सूर्य नेपाललाई ५ रनले पराजित गर्यो । माछापुच्छ्रेले दिएको ६० रनको लक्ष्य पछ्याउने क्रममा सूर्य नेपालले निर्धारित ५ ओभरमा ५४ रन मात्र बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच माछापुच्छ्रे बैंकमा बिबभ राज जोशी चुनिए जसले १८ रन बनाए ।

चौथो खेलमा एनआईसी एसिया बैंकले नेपाल राष्ट्र बैंकलाई ९ रनले पराजित गर्यो। एनआईसी एसियाले दिएको ७३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल राष्ट्र बैंकले ६३ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका माछापुच्छ्रे बैंकका रामनाथ गोस्वामीले ३ विकेट लिनुको साथै १७ रन समेत बनाए।

पाँचौ खेलमा सिभिल बैकले दोश्रो जित दर्ता गर्ने क्रममा नेपाल लाइफ इन्सुरेन्सलाई ५२ रनले पराजित गर्यो। सिभिल बैंकले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल लाइफ इन्सुरेन्सले ४२ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका सिभिल बैंकका भोला बहादुर बिस्टले ३१ रन बनाउनुको साथै २ विकेट समेत लिए।

छैठौं खेलमा कामना सेवा विकास बैंकले द काठमाडौँ पोस्टलाई ३७ रनले पराजित गर्यो । कामनाले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ पोस्टले ६४ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तवले ४६ रन बनाउनुको साथै १ विकेट लिए।

सातौँ खेलमा नबिल बैंकले सुबिसुलाई ५ विकेटले पराजित गर्यो। सुबिसुले दिएको ६३ रनको लक्ष्य नबिलले १ विकेट गुमाएर ४.३ ओभरमा पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका नबिल बैंकका अमित पोखरेलले २९ रन बनाए।

आठौँ खेलमा नेपाल टेलिकमले एनसेल बी लाई १८ रनले पराजित गर्यो । नेपाल टेलिकमले दिएको ६२ रनको लक्ष्य पछ्याउने क्रममा एनसेल बी ले ४३ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका नेपाल टेलिकमका प्रविन नेपालीले २ विकेट लिए।

सेन्चुरी बैंकले एनआईसी एसिया बैंकलाई ६ विकेटले पराजित गर्यो। एनआईसी एसिया बैंकले दिएको ६३ रनको लक्ष्य सेन्चुरीले विकेट नगुमाई पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका सुरज तिमिल्सिनाले ३३ रन बनाउनुको साथै २ विकेट लिए।

दशौँ तथा अन्तिम खेलमा कुमारी बैंकले द काठमाडौँ पोस्टलाई ५ विकेटले पराजित गर्यो । द काठमाडौँ पोस्टले दिएको ४९ रनको लक्ष्य कुमारीले १ विकेट गुमाएर पुरा गर्यो । खेलको प्लेयर अफ द म्याच चुनिएका सर्भाग्य थापाले २ विकेट लिए।

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.