5 years ago
February 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– हिमालय स्पोर्टस् म्यानेजमेन्टको आयोजना सोमबारबाट सुरु हुने हिमालय क्रिकेट लिगको सबै तयारी पुरा भएको बताइएको छ । यू १९ दुई दिवसिय फम्र्याटको प्रतियोगिता माथिल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने आयोजक हिमालयन स्पोर्टस्ले जनाएको छ ।
फागुन १९ गते सम्म चल्ने प्रतियोगितालाई अर्किड इन्टरनेशनल कलेजले मुख्य र बागमति प्रदेश खेलकुद परिषद्ले सह प्रायोजना गरेको छ । प्रतियोगितामा काठमाडौं क्रिकेट टेनिङ सेन्टर, वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालय क्रिकेट एकेडेमी, ओसिस क्रिकेट एकेडेमी, वालुवाटार क्रिकेट एकेडेमी र नेक्सस क्रिकेट एकेडेमी गरि ६ टोलीको सहभागिता रहनेछ ।
समुह ‘ए’ मा काठमाडौं, वालुवाटार र ओसिस तथा समुह ‘बी’ मा वाईवाई हिमालय, नेक्सस र हिमालय क्रिकेट क्रिकेट एकेडेमी छन् । हरेक टोलीले दुई खेल खेल्ने छन् । समूहको शीर्ष दुई टोलीले उपाधिका ला िप्रतिस्पर्धा गर्नेछन् ।
लामो शैलीमा यू १९ का खेलाडी अभ्यस्त हुन सकुन् भन्ने उद्देश्यका साथ दुई दिवसिय क्रिकेट आयोजना गरिएको आयोजक हिमालयन स्पोर्टस म्यानजमेन्टका अध्यक्ष सुदीप शर्माले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
‘सिनियर टोलीका खेलाडीलाई ५० ओभरमा टिक्न मुश्किल छ । हामीले उमूह समूहबाट लामो शैलीका खेलमा खेलाडीलाई अभ्यस्त पार्न जुरुी छ,’ शर्माले भने, ‘नाफा मुलक टि ट्वान्टी प्रतियोगिताको भिडमा हाम्रो लक्ष्य क्रिकेट विकास गर्नु हो ।’
पहिलो इनिङ ६० ओभरको हुने छ । दिनमा तीन सेसन हुने छन् । पहिलो सेसन विहान ९ बजेदेखी ११ः ३० सम्म हुने छ । त्यसपछि ४० मिनेट खाना विश्राम हुने छ । दोस्रो सेसन १२ः १० देखि दिउँसो २ः४० बजे सम्म हुने छ । त्यसपछि २० मिनेटको चिया विश्राम हुने छ ।
दिनको तेस्रो तथा अन्तिम सेसन ३ बजे देखि ५ बजेसम्म हुने बताइएको छ । पहिलो दिन कम्तिमा १ सय ५ ओभरको हुने छ । एक घण्टामा १५ ओभर गरिसक्नु पर्नेछ । हरेक खेलको विजेता टोलीले १० अंक प्राप्त गर्ने छन् । सँगै बोनस अंक पनि जोडिने छ ।
खेल बराबरीमा सकिएको अवस्थामा ५ अंक बाडिनेछन् । साथै इनिङको बोनस अंक जोडिने छ । खेल वर्षाको कारण रद्द भएको अवस्थामा दुवै समान २ अंक पाउने छन् । १ सय रन बराबर १ अंक हुने छ । प्रत्येक विकेटको ०.५ अंक हुने छ ।
झन्डै ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको विजेता टोलीले १ लाख ५० हजार र दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, व्याट्सम्यान, बलर र उदयमान खेलाडी पुरस्कृत हुनेछन् ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]