5 years ago
February 16, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणको खेल तालिका सार्वजनिक भएको छ । आईपीएल चैत्र १६ देखि जेठ ११ (मार्च २९ देखि मे २४) सम्म भारतका विभिन्न सहरमा हुँदै छ।
यसपटकको आईपिएलको उद्घाटन र फाइनल मुम्बईमा हुने छ । आईपीएलको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डिन्स र चेन्नई सुपर किंग्सबीच वानखडे क्रिकेट स्टेडियम मुम्बईमा हुने छ । यस पटक आईपीएल ५० दिन सम्म चल्ने छ । यस अघि ४४ दिन सम्म चल्दै आएको थियो । नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुबन्धित दिल्ली क्यापिटल्सले चैत १७ मा घरेलु मैदानमा किंग्स इलाभेन पञ्जावसँग प्रतिस्पर्धा गर्ने छ ।
चैत १८ मा रोयल च्यालेन्जर बेंगलोरले घरेलु मैदानमा कोलकता नाइटराइडर्ससँग खेल्दै प्रतियोगितामा सुरुवात गर्ने छ । चैत १९ मा सनराइजर्स हैदराबाद र मुम्बई भिड्ने छन् । लिगमा कुल ५६ खेल हुने छन् । लिगको अन्तिम खेल जेठ ४ गते सकिने छ । लिगको अन्तिम खेलमा बंगलोर र मुम्बई भिड्ने छन् ।
सबै खेल नेपाली समय अनुसार बेलुका ७ः४५ देखी सुरु हुने छन् । यसपटक कुनै खेलाडी घाइते भएर पूर्ण रुपमा होस नआएपछि खेल्न नसकेको खण्डमा उसको स्थानमा अर्को खेलाडी खेल्न पाउने छ । जुन नियम आईसीसीले लागु गरिसकेको छ । सबैभन्दा पहिला उक्त नियम इंग्ल्यान्ड र अस्ट्रेलियासँगको दोस्रो टेष्टमा प्रयोग भएको थियो । जोफ्रा आर्चरको बाउन्सर बलले लागेर स्टिभ स्मिथ घाइते भएपछि उनको स्थानमा मार्नस लाबुसेनले ब्याटिङ गरेका थिए ।
त्यस्तै टिभी एम्पायरले हरेक बल नो बल छ वा छैन भनेर चेक गर्ने छन् । अव फिल्ड एम्पारले नो बलको कल गर्ने छैनन् । सिधैं टिभी एम्पारले नो बल भए नभएको थाहा दिने छन् । यसपटक आईपीएल सुरु हुनुभन्दा केहि दिन अघि विशेष खेलका रुपमा अलस्टार म्याच पनि हुने सम्भावना रहेको छ । यसबारे औपचारिक जानकारी भने आएको छैन । सबै ८ टोलीका खेलाडी समेटेर २ टोली निर्माण गरिने र मैत्रीपूर्ण खेल हुने बुझिएको छ । त्यस्तै महिलातर्फ पनि ४ टोली सम्मिलित प्रतियोगिता गर्ने तयारी भइरहेको छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]