9 years ago
July 16, 2016
बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार भएको अभ्यास खेलमा जित हात पार्दै लगातार तेश्रो विजय हासिल गरेको छ ।
क्लब क्रिकेट कन्फ्रेन्स (सिसिसी) लाई ४ विकेटले हराउँदै नेपाली टोलीले तेश्रो जित आत्मसात हो। नेपालले पहिलो खेलमा फ्री फरेस्टर क्लबलाई ४० ओभरको खेलमा १ सय २० रनले हराएको थियो भने बिहीबारको ट्वान्टी–२० खेलमा इन्डियन जिमखानामाथि २० रनको जित दर्ता गरेको थियो ।
आज बिहान भएको खेलमा नेपालले २ सय २७ रनको लक्ष्य पाएको थियो। कप्तान पारस खड्काको अर्धशतकको मद्दतले नेपाली टोलीले ४६.१ ओभरमा ६ विकेट गुमाएर २ सय ३० रन बनाउदैं लक्ष्य पुरा गरेको थियो । ६६ बल खेलेका कप्तान पारसले ८ चौका र १ छक्का प्रहार गर्दै ६७ रन बनाए । पहिलो विकेटका लागि अनिल कुमार मण्डल (४३) र उपकप्तान ज्ञानेन्द्र मल्लको (३६) जोडीले ६७ रनको साझेदारी गरे । उनले ६४ बलमा ४ चौका प्रहार गरेका थिए । अन्य खेलाडीमा सगर पुन (४), राजेश पुलामी (१६), विनोद भण्डारी (६), शरद भेषावकरले (१९) र राजु रिजाल (१७*) रनमा अविजित रहे। सिसिसीका लागि लुक च्यापम्यानले ३ तथा रिर्चड हिन्ड्ले, अहमद इल्च र जेमी साउथगेटले समान १ विकेट लिए ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिसिसीले निर्धारित ५० ओभरमा सात विकेट गुमाऊँदै २ सय २६ रन बनाएको थियो । ओपनर सागर पटेलले (६५) र अर्का ब्याट्सम्यान स्टिभ सिलउडले (६७) रन बनाऊँदै टोलीलाई मजबुत बनाएका थिए । युवा बलर सन्दीप लामिछानेले यी दुबैको विकेट लिदैं नेपालको लागि राम्रो प्रदर्शन गरेका थिए । उनले १० ओभरमा ३६ रन खर्चे । सिसिसीका लागि दोहोरो स्कोरमा निक एस स्टेभेन्सले ३१ र साउथगेटले १७ रन रहे । नेपालका लागि सन्दिप्सहित ज्ञानेन्द्र मल्ल र सोमपाल कामीले समान २ विकेट तथा पारस र करन केसीले १-१ विकेट लिएका थिए ।
अर्को महिना विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएकाले मेरिलेबोन क्रिकेट क्लबको निम्तोमा नेपाली टोली बेलायत पुगेको हो । नेदरल्यान्ड्ससंगको खेल अगस्ट १३ र १५ मा नेदरल्याण्डस्मै हुनेछ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]