9 years ago
July 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेल पनि जितेको छ । नेपाली टोलीले ट्वान्टी २० क्रिकेटमा इन्डियन जिमखानालाई २० रनले हराएको छ । पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जवाफमा घरेलु टोली इन्डियन जिमखानाले सबै विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । पहिलो मैत्रीपूर्ण खेलमा नेपालले फ्रि फरेस्टरलाई १ सय २९ रनले हराएको थियो ।
नेपाली टोलीका टेक्निकल एनलिस्ट रमन शिवाकोटीका अनुसार बिहीबार टस जितेर इन्डियन जिमखानाले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । इन्डियन जिमखानालाई लक्ष्यमा पुग्न नदिन विक्रम सोब, करण केसी, शक्तिप्रसाद गौचन र सागर पुनले समान २ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट लिएका थिए । घरेलु टोलीका लागि पुनित के मेहराले सबै भन्दा बढी ४७ रन बनाएका थिए । उनलाई पारसले एलबिडब्यू आउट गरेका थिए ।
त्यसअघि नेपालले सागर पुनको अर्धशतकको मद्दतमा ठूलो स्कोर खडा गरेको थियो । चोटमुक्त भएर फर्केका ओपनर सुवास खकुरेल ६ रन बनाएपनि उनले पहिलो विकेटका लागि उपकप्तान उपकप्तान ज्ञानेन्द्र मल्लसँग ३३ रनको साझेदारी गरे । ज्ञानेन्द्र र सागरले दोस्रो विकेटका ३६ रनको साझेदारी गरे । ज्ञानेन्द्रले २० बलमा ५ चौका साथ ३८ रन बनाएका थिए । ४८ बल खेलेका सागरले ४ चौका र १ छक्कासहित ५६ रन जोडे । सागरले दुई विकेट पनि लिएका थिए । राजु रिजालले अविजित २४ रन बनाए । उनले ११ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । पारसले ८ बलमा ३ चौका साथ १५ रन थपे । राजेश पुलामीले १३ रन बनाए ।
अर्को महिना विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्यान्ड्ससँग दुई खेल खेल्नका लागि तयारीका लागि नेपाली टोली इङ्ल्यान्ड भ्रमणमा निस्केको हो ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]