5 years ago
February 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षक उमेश पटवालले जिम्मेवारी छाडेसँगै रिक्त रहेको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी पूर्व प्रशिक्षक जगत टमाटाले सम्हाल्ने भएका छन् । भारतीय प्रशिक्षक पटवालले अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिज पछि लागु हुनेगरि दुई हप्ताअघि नै राजिनामा दिएका थिए ।
नयाँ विदेशी प्रशिक्षक नियुक्त नहुन सम्म जगत टमाटाले नै जिम्मेवारी सम्हाल्ने नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले बताएका छन् । उमेश पटवालको राजिनामा केहि दिनमा नै स्वीकृती भएर आधिकारिक रुपमा आउने क्यानले जनाएको छ । पटवालको राजिनामासँगै नेपालको सिनियर प्रशिक्षकको हिसाबमा टमाटाले नै हेर्ने प्याकुरेलले बताए ।
‘यसअघि पटवाल १५ दिन भारत बस्दा पनि टमाटाले नै टोली हेर्नुभएको थियो । वहाँ अहिले पनि टोलीमा हुनुहुन्छ । बन्द प्रशिक्षणमा सहायक प्रशिक्षकले पनि साथ दिनेछन् । नयाँ विदेशी प्रशिक्षक नआउँदासम्म उहाँले नै हेर्नुहुनेछ,’ प्याकुरेलले भने । त्यस्तै क्यानले विदेशी प्रशिक्षकको लागि आफ्नो तयारी अघि बढाइसकेको छ । कसलाई ल्याउने भन्ने बारे आन्तरिक गृहकार्य थालेको क्यानले जनाएको छ । यसअघि गत जेठमा पटवाल नियुक्त हुनुअघि सम्म प्रमुख प्रशिक्षकमा टमाटा रहेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटवाललाई गत जेठमा राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त गरेको थियो । उनको सम्झौता अवधि एक वर्ष भएपनि उनले अगाडि नै राजीनामा दिएका थिए । उनको प्रशिक्षणमा नेपाली टोलीले सन्तोषजनक प्रदर्शन भने गर्न सकेको छैन । सिंगापुरमा टि ट्वान्टी विश्वकप छनोटको क्षेत्रिय छनोटबाटै बाहिरिदै नेपालले लज्जास्पदक प्रदर्शन गरेको थियो ।
टमाटाले सन् २०१५ मा तत्कालिन प्रशिक्षक पुवुदु दासानायकेले छोडेदेखि गत जेठसम्म नेपाली टोलीको प्रमुख प्रशिक्षकको रुपमा काम गरेका थिए । उनले आफ्नो प्रशिक्षकमा नेपाललाई एक दिवसिय विश्वकप छनोट हुँदै पहिलो पटक ऐतिहासिक ओडीआई मान्यता दिलाउन सफल भएका थिए । गत वर्ष यूएईमा भएको तीन ओडीआई र तीन एक दिवसिय ऐतिहासिक सिरिज जित्दा टमाटा प्रमुख प्रशिक्षक थिए ।
त्यसयता टमाटाले नेपाली राष्ट्रिय महिला टोली हेरेका थिए । टमाटाकै प्रशिक्षकमा महिला टोलीले सागमा कास्य जितेको थियो । टमाटाले अब फागुन तेस्रो सातादेखि थाईल्यान्डमा सुरु हुने तयारी रहेको एसीसी पुरुष इस्टर्न रिजन टि ट्वान्टी प्रतियोगिताको लागि नेपाली टोलीको लागि प्रशिक्षण दिनेछन् । इस्टर्न रिजनको लागि नेपालको १८ सदस्य टोली घोषणा गरिसकेको छ ।
March 1, 2025
एजेन्सी – दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ। रस्सी भान डर दुसेन र हेनरिक क्लासेनको सानदार साझेदारीमा कमजोर इङ्ग्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह विजेताका रुपमा अन्तिम चारमा पुग्यो । पाकिस्तानको कराचीस्थित नेसनल स्टेडियममा जितको लागि १ सय ८० रनको सहज लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो। समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]