default_image

5 years ago

February 12, 2020

‘मभन्दा सुशनलाई बढी बधाई दिनुहोस्’ – सन्दीप

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टीयू क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालविरुद्ध पहिलो ब्याटिङ गरेको अमेरिका विश्व कीर्तिमानी कम योगफलमा समेटियो ।

अमेरिकालाई जम्मा ३५ रनमा अलआउट गर्ने क्रममा नेपालले १२ ओभरमात्र बलिङ गर्नुपर्यो । त्यसमा लेगस्पिनर सन्दीप लामिछानेले ६ तथा बायाँ हाते स्पिनर सुशन भारीले ४ विकेट हात पारे । नेपालका लागि ओडीआई ५ विकेट लिने दोस्रो खेलाडी बन्दै हालसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन गरेका सन्दीप खेलको म्यान अफ द म्याच भए ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले नेपालको प्रदर्शनमा बधाईका हकदार आफू भन्दापनि सहकर्मी स्पिनर सुशन भएको बताए । ‘सुशन मभन्दा बढी बधाईका हकदार छन् । उनले प्रतियोगिता अवधिभर नै निरन्तर राम्रो बलिङ गरे । एक तर्फबाट उनले र करण दाईले राम्रो साथ दिएको कारण नै म सफल भएको हो,’ सन्दीपले भने । सुशनले सिरिजका चारै खेलमा विकेट लिँदै कुल ११ विकेट हात पारे ।

एसोसियट राष्ट्रमध्य यो दोस्रो उत्कृष्ट बलिङ प्रदर्शन हो । यसअघि अफगानीस्तानका राशिद खानले वेस्ट इन्डिजविरुद्ध एकै खेलमा ७ विकेट लिएका थिए । यसबारे उत्तर दिँदै सन्दीपले ठट्टयौली पारामा अब राशिदलाई उछिन्दै आफ्नो प्रदर्शन नम्बर १ रहेको बताए । ‘राशिद अब टेष्ट खेलाडी भइसके । अब त मेरो नम्बर वान हो’ , सन्दीपले हाँस्दै जवाफ दिए ।

सन्दीपले अन्तिम खेलमा उत्कृष्ट बलिङ गरेपनि यसअघिका खेलमा भने प्रदर्शन उतारचढावले भरिपूर्ण  रहयो । यस विषयमा सन्दीपले टि ट्वान्टी खेल्दैमा ओडीआईमा १० विकेट लिनुपर्छ भन्ने नरहेको बताए । ‘प्रत्येक खेल फरक हुन्छ । दुर्भाग्य भन्नुपर्छ विकेट लिन सकिएन । खेलाडीको जीवनमा यस्तो भई रहन्छ । ओमानसँगको खेलमा भन्दा अट्याकिङ बलिङ सायद कसैले गर्न सक्दैन होला ।’

उनले थपे, ‘ विकेट नलिँदा यो सबै कुरा आएको हो । हामीलाई एकदम विकेटको आवश्यकता भएर नै त्यसो गरेका थियौं । ओमानका खेलाडीले उत्तिकै राम्रो खेले पनि ‘, सन्दीपले भने । ओमानसँगको खेलमा नेपालले २ सय ४९ रन बनाएपनि पराजित भएको थियो । उक्त खेलमा सन्दीपले १० ओभरमा विना कुनै विकेट ६५ रन खर्चेका थिए ।

March 1, 2025

दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा

एजेन्सी – दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ। रस्सी भान डर दुसेन र हेनरिक क्लासेनको सानदार साझेदारीमा कमजोर इङ्ग्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह विजेताका‌ रुपमा अन्तिम चारमा पुग्यो । पाकिस्तानको कराचीस्थित नेसनल स्टेडियममा जितको लागि १ सय ८० रनको सहज लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर […]

March 1, 2025

दक्षिण अफ्रिकालाई सामन्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो।‌ समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]

March 1, 2025

च्याम्पियन्स ट्रफी – दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]

Success

Thank you for your time.