5 years ago
February 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओमान र अमेरिकासँग आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा धेरै कुरा सिक्न पाएको बताएका छन् ।
बुधबार त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले पराजित गरेपछि ज्ञानेन्द्रले पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन् । ‘सिरिजको अन्तिम खेल भएको हुँदा हामीले जितको साथनै अन्त्य गर्न चाहन्थ्यौं । सन्दीप र सुशनले जसरी बलिङ गरे त्यसले आशा अनुसार भन्दा चाडैं र राम्रो नतिजा आयो’, ज्ञानेन्द्रले भने, ‘सिरिजबाट धेरै कुरा सिक्न पायौं र आगमी दिनमा धेरै राम्रो गर्न सक्छौं ।’
ज्ञानेन्द्र ओडीआईमा शैलीमा मिहिनेत गर्न अझ धेरै बाँकी रहेको बताउछन् । ‘हामीले नयाँ खेलाडी तयार भएको पनि देख्यौं । राम्रो टोली अमेरिकालाई हरायौं । ओमानसँग पनि धेरै नजिक पुगेर हारेका थियौं । प्रर्दशनमा तल माथि त भयौ नै तर पनि हामीले अगाडी अझै राम्रो गर्न सक्छौं’ ।
ओमानका ब्याट्सम्यानबाट धेरै कुरा सिक्न सकिने ज्ञानेन्द्र बताउँछन् । ओमानका ब्याट्सम्यानले सुरुवात पाईसकेपछि जसरी अन्त्य गरे,त्यसरीनै हामीले सुरुवातलाई ठूलो इनिङमा बदल्दै फिनिसिङ गर्न सक्नुपर्छ, ज्ञानेन्द्रले भने ।
March 1, 2025
एजेन्सी – दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ। रस्सी भान डर दुसेन र हेनरिक क्लासेनको सानदार साझेदारीमा कमजोर इङ्ग्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह विजेताका रुपमा अन्तिम चारमा पुग्यो । पाकिस्तानको कराचीस्थित नेसनल स्टेडियममा जितको लागि १ सय ८० रनको सहज लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो। समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]