5 years ago
February 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकाविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ८ ओभरमा २९-४ को कमजोर अवस्थामा छ । लेग स्पिनर सन्दीप लामिछानेले आठौं ओभरमा प्रमुख दुई विकेट लिएपछि अमेरिका संकटमा परेको छ ।
तीब्र गतिका बलर करण केसीले पहिलो ओभर जेभियर मार्शललाई डट राखे । दोस्रो ओभरको अन्तिम बलमा स्पिनर सन्दीप लामिछानेले इयान होल्यान्डलाई शुन्यमा क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए । होल्यान्डलाई फस्ट स्लिपमा रहेका पारस खड्काले उत्कृष्ट क्याच लिदै शून्यमा पेभिलिएनको बाटो देखाएका थिए ।
सन्दीपले विकेट मेडन राख्दै अमेरिकालाई थप दबाबमा राखे । तेस्रो ओभरमा मार्शलले करणलाई २ चौका प्रहार गर्दै दबाब केहि कम गरेका थिए । तर सुशनले आफ्नो पहिलो बलमै मार्शललाई फस्ट स्लिपमा रहेका पारसबाट १६ रनमा क्याच गराए । सुशनले सातौं ओभरको पहिलो बलमा मार्शललाई आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाए ।
आठौं ओभरको दोस्रो बलमा सन्दीपले मोनन्क पटेललाई ४ रनमा बोल्द आउट गरे । सन्दीपले यसै ओभरको पाँचौ बलमा निसरग पटेललाई २ रनमा बोल्ड आउट गरेपछि अमेरिका संकटमा परेको हो । अमेरिका आरोन जोन्स र अक्षय होमराज क्रिजमा छन् ।
March 1, 2025
एजेन्सी – दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ। रस्सी भान डर दुसेन र हेनरिक क्लासेनको सानदार साझेदारीमा कमजोर इङ्ग्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह विजेताका रुपमा अन्तिम चारमा पुग्यो । पाकिस्तानको कराचीस्थित नेसनल स्टेडियममा जितको लागि १ सय ८० रनको सहज लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो। समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]