5 years ago
February 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान जीशान मकसुद र उपकप्तान अकीब इलियासको शतकमा आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत पाँचौ खेलमा ओमानले अमेरिकालाई २ सय ७७ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७६ रन बनायो । ओमानले ओडीआईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो । कप्तान जीशान मकसुद १ सय ९ बलमा १० चौका र ४ छक्का सहित १ सय ९ रनमा क्याच आउट भए । जीशान सौरभ नेत्रवालकरको ४७ औं ओभरको चौथो बलमा लङअलनमा ठूलो सट खेल्नेक्रममा स्टिभ टेलरबाट क्याच आउट हुन पुगेका थिए । जीशानले १ सय ३ बलमा आफ्नो ओडीआई करिअरको पहिलो शतक पुरा गरेका थिए ।
उपकप्तान अकीब इलियासले आफ्नो ओडीआई करिअरको लगातार दोस्रो शतक प्रहार गरे । अकीब १ सय २३ बलम ११ चौका र १ छक्का सहित १ सय ५ रनमा क्याच आउट भए । अकीब सौरभको ४९ औं ओभरको पहिलो बलमा करिमा गोरबाट क्याच आउट भएका थिए । अकीबले आफ्नो ओडीआई दोस्रो शतक १ सय १८ बलमा पुरा गरेका थिए । अकीबले नेपालविरुद्ध १ सय ९ रनको अविजित इनिङ खेलेका थिए ।
तेस्रो विकेटका लागि जीशान र अकीबले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेपछि ओमान विशाल योगफलमा पुगेको हो । ओमानबाट पहिलो पटक ओडीआईमा दोहोरो शतकीय साझेदारी भएको हो । यस अघि आइतबार नेपालसँग तेस्रो विकेटका लागि जीशान र अकीबलेनै १ सय ६७ रनको अविजित साझेदारी गरेका थिए । एकै इनिङमा ओमानबाट ओडीआईमा पहिलो पटक दोहोरो शतक बनेको हो ।
तीव्र गतिका बलर रस्टी थेरनको आठौं ओभरको तेस्रो बलमा ओपनर खावर अली एज लाग्दै विकेटकिपर अक्षय होमराजबाट १० रनमा क्याच आउट भए । अर्का ओपनर जतिन्दर सिंहलाई कप्तान सौरभ नेत्रवालकरले ९ रनमा आरोन जोन्सबाट क्याच गराए । मोहम्मद नदीम ५ र सन्दीप गौड १३ रन बनाए । अमेरिका कप्तान सौरभ नेत्रवालकरले १० ओभरमा ३ मेडन राख्दै ३७ रन खर्चेर ३ विकेट लिए । रस्टी थेरनले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए ।
March 1, 2025
एजेन्सी – दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ। रस्सी भान डर दुसेन र हेनरिक क्लासेनको सानदार साझेदारीमा कमजोर इङ्ग्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह विजेताका रुपमा अन्तिम चारमा पुग्यो । पाकिस्तानको कराचीस्थित नेसनल स्टेडियममा जितको लागि १ सय ८० रनको सहज लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो। समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]