5 years ago
February 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत पाँचौ खेलमा आज ओमान र अमेरिका भिड्दै छन् । टियू क्रिकेट मैदानमा भएको टसमा अमेरिका कप्तान सौरभ नेत्रवालकारले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
नेपाललाई १८ र ८ विकेटले हराएको ओमानको मनोबल उच्च छ । ओमानले अमेरिकालाई पहिलो खेलमा ६ विकेटले हराएको थियो । उक्त खेलमा ओमानले अमेरिकाले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य ३ बल अगाडी पुरा गरेको थियो । ओमानले नेपाललाई दोस्रो खेलमा ८ विकेटले हराउने क्रममा २ सय ५० रनको लक्ष्य ४७.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको थियो । जसक्रममा अकीब इलियासले शतकीय इनिङको साथै ४ विकेट लिएका थिए ।
अकीब आजको खेलमा पनि नायक बन्न सक्छन् । मोहम्मद नदीमले अमेरिकाविरुद्ध ३ विकेट लिनुको साथै ५५ रनमा अविजित रहेका थिए । नेपालसँग पहिलो खेलमा ६९ रनको इनिङ खेलेका नदीमले नेपालविरुद्ध दोस्रो खेलमा ३ विकेट लिएका थिए । उनी पनि आजको खेलमा अमेरिकालाई घातक बन्न सक्छन् ।
त्यस्तै नेपालविरुद्ध ७५ र ओमानसँग ६५ रनको इनिङ खेलेका अमेरिका अलराउन्डर इयान होल्यान्ड ओमानलाई घातक बन्न सक्छन् । ओमानको जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेल हुँदा सुखद अन्त्य गर्ने सोचमा छ । सुरुवाती दुबै खेल हारेको अमेरिका पहिलो जित निकाल्ने सोचमा छ ।
March 1, 2025
एजेन्सी – दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ। रस्सी भान डर दुसेन र हेनरिक क्लासेनको सानदार साझेदारीमा कमजोर इङ्ग्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह विजेताका रुपमा अन्तिम चारमा पुग्यो । पाकिस्तानको कराचीस्थित नेसनल स्टेडियममा जितको लागि १ सय ८० रनको सहज लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो। समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]