5 years ago
February 11, 2020
एजेन्सी – युवा तीब्र गतिका बलर नसीम शाहको विश्व कीर्तिमानी प्रर्दशनमा बंगलादेशसँगको पहिलो टेष्ट घरेलु टोली पाकिस्तान ४४ रनको इनिङ अन्तरले विजयी भएको छ । सोमबार बंगलादेश चौथो दिन ६२.२ ओभरमा १ सय ६८ रनमा अल आउट भएपछि पाकिस्तान इनिङ अन्तरले विजयी भएको हो ।
तेस्रो दिन आइतबार नसीम टेस्ट क्रिकेटमा सबैभन्दा कन्छा ह्याट्रिक गर्ने खेलाडी बनेका थिए । नसीमले १६ वर्ष ३ सय ५९ दिनमा ह्याट्रिक गर्दै इतिहास रचे । बंगलादेशको दोस्रो इनिङमा नसीमले ४१ औं ओभरको चौथो बलमा नज्मुल सान्टो, पाँचौमा ताइजुल इस्लाम र अन्तिम बलमा महमुदुल्लाहलाई क्याच आउट गराउँदै ह्याट्रिक पुरा गरेका थिए ।
दोस्रो इनिङमा बंगलादेशका मनिमुल हक ४१, लिटन दास २९, ओपनर तमिम इकवाल ३४, सफिफ हसन १६ र सान्टो ३८ रनमा आउट भए । बंगलादेशका ४ खेलाडीले खाता खोल्न सकेनन् । नसीमले ८.२ ओभरमा ह्याट्रिक सहित २६ रन खर्चेर ४ विकेट लिए । स्पिनर यासिर शाह ४, शाहिन अफ्रिदी र मोहम्मद अब्बासको नाममा १-१ विकेट रह्यो । बंगलादेश पहिलो इनिङमा २ सय ३३ रनमै अल आउट भएको थियो ।
पाकिस्तानले पहिलो इनिङमा ४ सय ४५ रन बनाउँदै २ सय १२ रनको फराकिलो अग्रता कायम गरेको थियो । पाकिस्तानका युवा ब्याट्सम्यान बाबर आजमले १ सय ९३ बलमा १८ चौका १ छक्का सहित १ सय ४३ रनको शतकीय इनिङ खेलेका थिए । जुन बाबरको करिअरको पाँचौ र उत्कृष्ट प्रर्दशन हो ।
शन मकसुदले एक सय, आदस सफिक ६५ र हरिस सोहेलले ७५ रनको योगदान दिए । पहिलो इनिङमा बंगलादेशका अबु जायद र रुवेल हसनले ३-३ विकेट लिए ।
दोस्रो टेष्ट अप्रिल ५ देखि ९ सम्म कराँचीमा हुने छ । त्यसअघि बंगलादेश र पाकिस्तानबीच अप्रिल ३ मा वान डे हुने छ । बंगलादेश टोली अव स्वदेश फर्किने छ । पुन अप्रिलमा पाकिस्तान जाने छ । जनवरी अन्त्यमा भएको तीन टि ट्वान्टी सिरिज पाकिस्तानले २-० ले जितेको थियो ।
March 1, 2025
एजेन्सी – दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ। रस्सी भान डर दुसेन र हेनरिक क्लासेनको सानदार साझेदारीमा कमजोर इङ्ग्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह विजेताका रुपमा अन्तिम चारमा पुग्यो । पाकिस्तानको कराचीस्थित नेसनल स्टेडियममा जितको लागि १ सय ८० रनको सहज लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो। समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]