default_image

5 years ago

February 9, 2020

ओमानलाई नेपालको कीर्तिमानी लक्ष्य

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानलाई २ सय ५० रनको कीर्तिमानी बलियो लक्ष्य दिएको छ । आइतबार बिहान टीयू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४९ रन बनायो ।

नेपालले ओडीआईमा विपक्ष्यलाई दिएको सर्वाधिक ठूलो लक्ष्य हो । नेपालले गतवर्ष यूएईलाई दोस्रो खेलमा २ सय ४३ रनको लक्ष्य दिएको थियो । नेपालले ओडीआई बनाएको यो दोस्रो उच्च योगफल हो । यसअघि यूएईविरुद्ध तेस्रो खेलमा नेपालले २ सय ५५ रनको लक्ष्य पुरा गर्दै ऐतिहासिक ओडीआई सिरिज जितेको थियो ।

कप्तान ज्ञानेन्द्र मल्लले ५६ रनको अर्ध शतकीय इनिङ खेले । २९ औं ओभरको पहिलो बलमा पार्टटाइम बलर अकीब इलियासले मोहम्मद नदीमबाट क्याच गराउनु अघि ज्ञानेन्द्रले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्रले ७० बलमा आफ्नो ओडीआई करिअरको दोस्रो अर्ध शतक पुरा गर्ने क्रममा २५ औं ओभरको चौथो बलमा मोहम्मद नदीमलाई चौका प्रहार गरेका थिए ।

दोस्रो विकेटका लागि पारस र ज्ञानेन्द्रले ५९ रनको महत्वूर्ण साझेदारी गर्दै इनिङ उकासेका थिए । नदीमको २४ औं ओभरको पहिलो बलमा सट खेल्नेक्रममा पारस मिडअफमा सन्दीप गौडबाट ३८ रनमा क्याच आउट भए । पारसले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । पारस आउट भएको दुईबल पछि दीपेन्द्र सिंह ऐरी खराब सट खेल्दै विलाल खानबाट शून्यमा क्याच आउट हुन पुगे ।

दीपेन्द्र अमेरिकासँगको खेलमा पनि शून्यमा आउट हुन पुगे । पहिलो विकेटका लागि ओपनर सुवास खकुरेल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि १४.१ ओभरमा ४८ रनको साझेदारी गरेका थिए । १५ औं ओभरको पहिलो बलमा अलराउन्डर मोहम्मद नदीमले सुवासलाई २२ रनमा एलबिडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । सुवासले ४२ बलमा १ चौका प्रहार गरे ।

कुशल मल्लले २४ बलमा २ चौका र २ छक्का सहित २८ रनको आक्रामक इनिङ खेले । कुशललाई अकीबले ३५ औं ओभरको दोस्रो बलमा स्लिपमा खावर अलीबाट क्याच गराएका थिए  । कुशलले ३२ औं ओभरको पाँचौ र छैटौ बलमा मोहम्मद सनुथलाई लगातार छक्का प्रहार गरेका थिए । छैटौं विकेट लागि आरिफ शेख र विनोद भण्डारीले ३२ रनको साझेदारी गर्दै नेपाललाई बलियो योगफल सम्म पुर्याए ।

अकीबले ४३ औं ओभरको पहिलो बलमा एलबिडब्लू आउट गर्नुअघि आरिफ शेखले ४५ बलमा १ चौका सहित  २८ रन जोडे । तल्लोक्रममा विनोद भण्डारीले ४७ बलमा ५ चौका सहित ३५ रनमा रन आउट हुन पुग्गे । करण केसी १० रनमा क्याच आउट भए । सन्दीप लामिछानेले १० र कमल सिंह ऐरीले ९ रनमा अविजित रहे । ओमानका अलराउन्डर अकीब इलियासले १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । मध्य गतिका बलर मोहम्मद नदीमले ८ ओभरमा १ मेडन सहित ४४ रन खर्चेर ३ विकेट लिए । ओमानले नेपालविरुद्ध ७ बलर प्रयोग गरेको थियो ।

 

March 1, 2025

दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा

एजेन्सी – दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ। रस्सी भान डर दुसेन र हेनरिक क्लासेनको सानदार साझेदारीमा कमजोर इङ्ग्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह विजेताका‌ रुपमा अन्तिम चारमा पुग्यो । पाकिस्तानको कराचीस्थित नेसनल स्टेडियममा जितको लागि १ सय ८० रनको सहज लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर […]

March 1, 2025

दक्षिण अफ्रिकालाई सामन्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो।‌ समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]

March 1, 2025

च्याम्पियन्स ट्रफी – दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]

Success

Thank you for your time.