5 years ago
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – तीब्र गतिका बलर कमल सिंह ऐरीले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा डेब्यू गर्ने भएका छन् । कमलले आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्ध डेब्यू गर्दै छन् ।
कमललाई नेपालको २३ औं ओडीआई क्याप कप्तान ज्ञानेन्द्र मल्लले दिएका हुन् । कमल सम्भवत सुरुवाती दुई खेलमा विकेट लिन नसकेका तीब्र गतिका बलर अभिनाश बोहराको स्थानमा मौका पाएको हुनुपर्छ । अभिनाशले पहिलो खेलमा ओमानसँग ९ ओभरमा २ मेडन राख्दै ३८ रन खर्चेपनि विकेट लिन सकेका थिएनन् । त्यस्तै अमेरिकाविरुद्ध २ ओभरमा अभिनाशले १३ रन खर्चेका थिए ।
तीब्र गतिका बलर सोमपाल टोली बाहिर रहेपछि उनको स्थानमा कमलले मौका पाएका थिए । सन् २०१६ मा श्रीलंकामा भएको यू१९ एसिया कपबाट यू१९ यात्रा अघि बढाएका कमलले गत सेप्टेम्बरमा श्रीलंकामानै भएको यू१९ एसिया कप बाट उमेर समुहको यात्रा सकाएका छन् । उमेर समुहमा उनले निरन्तर औसत प्रर्दशन गरे ।
तीन वर्ष देखी निरन्तर उमेर समूह र घरेलु क्रिकेट खेल्दै आएका कमलले तल्लोक्रममा ब्याटिङ सम्हाल्ने क्षमता राख्छन् । श्रीलंकासँग यू१९ टोलीसँग डेब्यू गर्दै ३ विकेट लिनुको साथै ९ रन बनाएका थिए । कमलले एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्स, धनगढी प्रिमियर लिगमा च्याम्पियन सिवाईसी अत्तरिया र पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजबाट खेल्ने गर्दछन् । फ्रेन्चाइज बाहेकका अन्य घरेलु प्रतियोगितामा भने कमलले सशस्त्र प्रहरी बल एपिएफको जर्सीमा देखिन्छन् । गत पिपिएलमा उनले राम्रो प्रर्दशन गरेका थिए ।
March 1, 2025
एजेन्सी – दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ। रस्सी भान डर दुसेन र हेनरिक क्लासेनको सानदार साझेदारीमा कमजोर इङ्ग्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह विजेताका रुपमा अन्तिम चारमा पुग्यो । पाकिस्तानको कराचीस्थित नेसनल स्टेडियममा जितको लागि १ सय ८० रनको सहज लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो। समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]