5 years ago
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले शनिवार अमेरिकालाई ३५ रनले पराजित गरेको छ । जुन नेपालको घरेलु मैदानमा पहिलो ओडीआई जित हो ।
टीयूको पिचमा पहिला ब्याटिङ गर्न कठिन मानिन्छ । नेपालले टस हारेर ब्याटिङ गर्नेक्रममा एक समय कमजोर अवस्थामा पुगको थियो । टस हार्नु नेपालको लागि सुरुवाती समय घातक बनेको थियो । एक समय ४९-५ को कमजोर अवस्थामा पुगेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै जित हात पार्न सफल भयो । नेपालका जितका तीन आधार यस प्रकार छन् ।
३. स्पिनरको उत्कृष्ट प्रर्दशन
१ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिकालाई नेपाली स्पिनरले धरासय बनाए । टीयूको पिच स्पिनर उपयोगि मानिन्छ । त्यसैको कारण कप्तान ज्ञानेन्द्र मल्लले दोस्रो ओभरमै स्पिनर सन्दीप लामिछानेलाई बलिङमा ल्याएका थिए । दोस्रो ओभरको चौथो बलमा सन्दीपले प्रमुख ब्याट्सम्यान आरोन जोन्सलाई ५ रनमा एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिए । सन्दीपले चौथो ओभरको चौथो बलमा मोनक पटेललाई ४ रनमा एलबिडब्लू गराएपछि अमेरिका सुरुवाती समय संकटमा परेको थियो । खराब प्रर्दशन गरेको अमेरिका मध्यक्रम सुशन भारीले ध्वस्त बनाए । सुशनले अक्षय होमराजलाई ५, करिमा गोरलाई १० र क्यामरन स्टिभेन्सनलाई १९ रनमा आउट गर्दै सहज जित पक्का गरेका थिए ।
स्पिनरले कुनै पनि समय अमेरिका खेलाडीलाई खुलेर खेल्न दिएनन् । जसको कारण सामान्य लक्ष्यमा पनि नेपालको जित सम्भव बन्यो । सन्दीपले १० ओभरमा २ मेडन सहित २७ रन खर्चेर २ विकेट लिए । त्यस्तै सुशन भारीले १० ओभरमा १ मेडन राख्दै ४३ रन खर्चेर ३ विकेट लिए । डेब्यू खेल खेलका कुशलले १० ओभरमा १ मेडन सहित ३० रन खर्चेर १ विकेट लिए । सम्रगमा तीन स्पिनरले ३० ओभरमा १ सय रन खर्चेर ६ विकेट लिए । जुन जितको आधार बन्यो ।
२. विनोद र कुशलको साझेदारी
सुवास खकुरेल ३, ज्ञानेन्द्र मल्ल २१, पारस खड्का १९, दीपेन्द्र सिंह ऐरी शून्य र आरिफ शेख २ रनमा आउट हुँदा नेपाल २०.५ ओभरमा ४९-५ को कमजोर अवस्थामा पुगेको थियो । त्यो बेला नेपालको जित कमैले सोचेका थिए । तर छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले ८४ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई प्रतिस्पर्धात्मक योगफलतर्फ लम्काएका थिए ।
खराब सुरुवात गरेको नेपालको लागि कुशल र विनोदको साझेदारीनै जितको टनिङ प्वाइन्ट बन्न पुग्यो । कुशल ५१ बलमा ४ चौका र ३ छक्का सहित ५० रनमा क्याच आउट भए । विनोद भण्डारी ७९ बलमा ६ चौका र १ छक्का सहित ५९ रनको योगदान दिए । यी दुईको ब्याटिङलेनै नेपालको जितको आधार तय गर्यो ।
१. करणको उत्कृष्ट बलिङ
नेपालको प्रमुख जितको आधार तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङ हो । जित पक्का गर्न उत्कृष्ट सुरुवातको आवश्यकता देखिन्थ्यो । करणले तेस्रो ओभरमा प्रमुख दुई विकेट लिए । जसले अमेरिकालाई खेलमा फर्किने अवसर मिल्न सकेन । तेस्रो ओभरको स्टिभ टेलरलाई दीपेन्द्र सिंह ऐरीबाट शून्यमा आउट गरे । एक बलपछि नै करणले वेस्ट इन्डिजबाट टेष्ट, ओडीआई र टि ट्वान्टीको अनुभव बटुलेका जेभियर मार्शललाई विनोद भण्डारीबाट २ रनमा आउट गरे ।
स्पिनरले मध्यक्रम ध्वस्त बनाएका थिए । तर तल्लोक्रममा इयान होल्यान्डले जिम्मेवारी ब्याटिङ गर्दै अर्धशतकीय इनिङ खेलेपछि नाटकीय हारको डर बढ्न थालेको थियो । तर करण केसीले ४१ औं ओभरको चौथो बलमा होल्यान्डलाई ७५ बलमा विकेटकिपर विनोदबाट क्याच गराउँदै जित पक्का गराए । करणले रस्टी थेरनलाई ९ रनमा क्याच गराउँदै ३५ रनको जित पक्का गरेका थिए । समग्रमा करणले ७.१ ओभरमा १ मेडन सहित १५ रन खर्चेर ४ विकेट लिए । जितमा नायक बनेका करण म्यान अफ द म्याच चुनिए ।
March 1, 2025
एजेन्सी – दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ। रस्सी भान डर दुसेन र हेनरिक क्लासेनको सानदार साझेदारीमा कमजोर इङ्ग्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह विजेताका रुपमा अन्तिम चारमा पुग्यो । पाकिस्तानको कराचीस्थित नेसनल स्टेडियममा जितको लागि १ सय ८० रनको सहज लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो। समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]