5 years ago
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गरि रहेको छ । टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ३० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रन बनाएको छ ।
एक समय ४९-५ को कमजोर अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले यो समचार तयार पार्न सम्म ५३ रनको अविजित साझेदारी गर्दै इनिङ उकासि रहेका छन् । डेब्यू खेल खेलि रहेका युवा ब्याट्सम्यान कुशल मल्ल २९ बलमा २ चौका र २ छक्का सहित २७ रनमा खेलि रहेका छन् ।
त्यस्तै विकेटकिपर विनोद भण्डारी ३२ बलमा २ चौका र १ छक्का सहित २५ रनमा खेलि रहेका छन् । नेपालले सुरुवात देखि नै खराब प्रर्दशन गरेको थियो । ओपनर सुवास खकुरेल रस्टी थेरनको चौथो ओभरको पहिलो बलमा सिलिपमा तिमिल पटेलबाट ३ रनमा क्याच आउट भए । सुवासले १० बलको सामना गरे ।
खराब सुरुवात गरेको नेपाललाई दोस्रो विकेटका लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले ४० रनको साझेदारी गर्दै केहि आशा दिलाएका थिए । तर ज्ञानेन्द्र क्यामरन स्टिभेन्सनको १४ औं ओभरको पाँचौ बलमा स्टिभ टेलरबाट २१ रनमा क्याच आउट भए । ज्ञानेन्द्रले ३९ बलमा ४ चौका प्रहार गरे ।
कप्तान सौरभ नेत्रवलकारको १७ औं ओभरको पहिलो बलमा उप कप्तान दीपेन्द्रसिंह ऐरी खराब शट खेल्दै मिड अफमा रहेका जेभियर मार्शलबाट क्याच हुँदै शून्यमा पेभिलिएन फर्के । १८ ओभरको अन्तिम बलमा पारसलाई क्यामरनले विकेटकिपर अक्षय होमराजबाट १९ रनमा क्याच गराएपछि नेपाल संकटमा परेको थियो ।
पारसले ५२ बलमा २ चौका प्रहार गरे । सौरभको २१ औं ओभरको पाँचौ बलमा आरिफ शेख ठूलो सट खेल्नेक्रममा वैकल्पिक फिल्डर नास्तुष केन्ज़ीगेले उत्कृष्ट एक हातले क्याच लिदै आरिफलाई २ रनमा पेभिलिएन फर्काएपछि नेपाल ४९-५ को कमजोर अवस्थामा पुगेको थियो ।
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो। समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]