default_image

5 years ago

February 8, 2020

नेपाल विरुद्ध अमेरिका : सम्भावित प्लेइङ ११

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत शनिवार अमेरिकासँग खेल्दै छ । बिहान ९ः३० बाट टीयू क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपाल र अमेरिकाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो । अमेरिकाले पनि बिहीवार ओमानसँग ६ विकेटको हार बेहोर्न पुग्यो । टीयूको पिचलाई हेर्दा टसले ठूलो प्रभाव पार्ने देखिन्छ । टस जित्ने कप्तानको पहिलो रोजाई बलिङ नै हुने छ ।

ओपनिङ ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले गर्ने उच्च सम्भावना छ । ओमानविरुद्ध ५५ रनको अर्ध शतकीय इनिङ खेलेका अनुभवी ब्याट्सम्यान शरद भेषावकर बायाँ हिपको मांशपेशीको दुखाईको कारण बाँकी खेल गुमाउने भएका छन् । शरदको स्थानमा सुवासलाई टोलीमा बोलाईएको हो । नेपालले ओपनिङ बलियो बनाउन पहिलो खेलमा ओमानसँग पारस र ज्ञानेन्द्रलाई मैदान उतारेको थियो । दुभाग्र्य नेपालको खातामा चार रन हुँदा दुबै ओपनर पेभिलिएन फर्के । पारस ३ र ज्ञानेन्द्र १ रनमा आउट हुँदा नेपालले १ सय ९८ रनको लक्ष्य पनि पछ्याउन असफल भयो ।

सुवास र ज्ञानेन्द्रले ओपनिङ गर्दा पारसले तेस्रो नम्बरमा ब्याटिङ गर्ने छन् । जसले नेपालको ब्याटिङ थप मजबुत हुने छ । चोटबाट क्रिकेटमा फर्किएका सुवास पछिल्लो समय लयमा छन् । सुवासले अमेरिकासँग अभ्यास खेलमा ५२ रनको अविजित अर्ध शतकीय इनिङ खेलेका थिए । ओमानसँग ३६ रनमा आउट भएका दीपेन्द्रले चार नम्बरमा ब्याटिङ गर्ने छन् ।

पछिल्लो समय घरेलु क्रिकेटमा निरन्तर राम्रो प्रर्दशन गरि रहेका आरिफ शेख पाँचौ र रोहित कुमार पौडेललाई छैटौं नम्बरमा उतार्ने सम्भावना छ । यी तीनैले आजको खेलमा ठूलो इनिङ खेल्नै पर्ने हुन्छ । मध्यक्रमका यी तीन ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सके नेपालले बलियो योगफल बनाउन र पक्ष्याउन सक्ने छ ।

आरिफ ओमानसँग ६ र रोहित शून्यमा आउट भएका थिए । पहिलो खेलमा शुन्यमा आउट भएपनि टोलीले रोहितलाई निरन्तरता दिन चाहान्छ । एक खेलको प्रर्दशनलाई आधार मानेर निकाल्दा खेलाडीको मनोबलमा ठूलो असर पर्छ । एक खेलमा खराब प्रर्दशन गदैमा बाहिर राख्दा खेलाडीले आफ्नो स्थान टोलीमा सुरक्षित ठान्दैनन् । खेलाडीमा आत्माविश्वास आउदैन । खराब खेले भने अर्को खेलमा पर्दैन की भन्ने मानसिक थपिन्छ । जसले खेलाडीले टोलीको लागि भन्दा पनि आफ्नो लागि खेल्न खोज्छन् ।

लगातार खेलाडी परिवर्तन गर्दा टोली एकतामा कमी आउनुको साथै ब्याटिङ लाइनअप अस्थिर हुन पुग्छ । जसको कारण टोलीको प्रर्दशन कमजोर हुन्छ । त्यसैले आजको खेलमा रोहितलेनै निरन्तरता पाउने सम्भावना छ । रोहितले निरन्तरता पाउदा बायाँ हाते अलराउन्डर कुशल मल्ल आज पनि बेन्चमै बस्ने देखिन्छ । रोहितले आजको खेलमा पनि खराब प्रर्दशन गरे कुशलको लागि बाटो खुल्ने छ ।

ओमानसँग २६ रन जोडेका विकेटकिपर विनोद भण्डारीले पनि निरन्तरता पाउने छन् । विनोदले फिनिसरको भुमिका पाउनेछन् । आठौं नम्बरमा तीब्र गतिका बलिङ अलराउन्डर करण केसीको पक्का छ । ओमानविरुद्ध २७ बलमा ३ चौका र १ छक्का सहित २८ रन जोडेका सन्दीप नवौं नम्बरमा ब्याटिङ गर्ने छन् । १० र ११ नम्बरमा अभिनाश र सुशन भारी रहने छन् ।

तीब्र गतिका बलर करणको स्थान टोलीमा पक्का छ । करणले ओमानसँग ४ विकेट लिएका थिए । उनलाई अभिनाश बोहराले साथ दिने छन् । अभिनाशले ओमानसँग अन्त्यतिर केहि रन खर्चेपनि सुरुमा उत्कृष्ट बलिङ गर्दै लगातार दबाबमा राखेका थिए । अभिनाशले ९ ओभरमा २ मेडन राखेर ३८ रन खर्चेका थिए । त्यसैले तीब्र गतिको बलिङमा करण र अभिनाशको जोडीले निरन्तरता पाउने छ । टीयूको पिच स्पिनर उपयोगी हुँदा तीन तीब्र गतिको बलरको सम्भावना छैन । त्यसैले कमल सिंह ऐरी आजको खेलमा बेन्चमानै बस्ने छन् ।

स्पिनरमा सन्दीप लामिछानेले र सुशन भारीलेनै निरन्तरता पाउने छन् । सुशनले डेब्यू खेलमा ओमानविरुद्ध १० ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिएका थिए । सन्दीपले १० ओभरमा ४५ रन खर्चेदा विकेट लिएका थिएनन् । पीचको अवस्थालाई हेर्दा २ सय ५० रन भन्दा माथिको योगफल शुरक्षित देखिन्छ ।

सम्भावित प्लेइङ ११ :

ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनाश बोहरा, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, रोहित कुमार पौडेल, सुशन भारी, सुवास खकुरेल र सन्दीप लामिछाने

सम्भावित बेन्च :

कुशल मल्ल, ललित नारायण राजवंशी र कमल सिंह ऐरी

March 1, 2025

दक्षिण अफ्रिकालाई सामन्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो।‌ समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]

March 1, 2025

च्याम्पियन्स ट्रफी – दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

Success

Thank you for your time.