5 years ago
February 7, 2020
विनोदबाबु रिजाल, चितवन
राप्ती र्यापिड्सले प्रथम संस्करणको सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) को उपाधि जितेको छ । नारायणगढको क्याम्पाचौरमा आज (शुक्रबार) सम्पन्न फाइनल खेलमा सौराहा स्याण्ड्सलाई ८ विकेटले पराजित गर्दै राप्ती च्याम्पियन बनेको हो ।
सौराहाले दिएको १ सय ४० रनको लक्ष्य राप्तीले १७.४ ओभर मात्र २ विकेट गुमाउदै पुरा गर्यो । राप्तीको जीतमा कप्तान आकाश थापाले कप्तानी इनिङ खेले । आकाशले पहिलो विकेटका लागि साकार ढकालसँग ७७ रनको साझेदारी गरे । उक्त साझेदारीले नै राप्तीलाई जीततर्फ डोहो¥यायो । आक्रमक ब्याटिङ गरेका आकाशले ५७ बलमा ७४ रन बनाए । उनले १० चौका र २ छक्का प्रहार गरे ।
त्यसअघि ओपनर साकार ढकाल २७ बलमा ३२ रन बनाएर पेभिलियन फर्किएका थिए । हरि बहादुर चौहान १८ तथा भिम सार्की ११ रनमा नट आउट रहे ।
आक्रमक ब्याटिङ गरेका सार्कीले १७ औं ओभरको तेस्रो बलमा छक्का र चौथो बलमा चौका प्रहार गर्दै उत्कृष्ट फिनिस गरे । सौराहाका कुनै पनि बलर राप्तीका ब्याट्सम्यानमाथि हावी हुन सकेनन् । सौराहाका आकाश चन्द र सुवर्ण थापाले समान ४–४ ओभर बलिङ गर्दै समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सौराहाले २० ओभरमा ४ विकेट गुमाउदै १ सय ३९ रन बनाएको थियो । खेलमा सौराहाले पनि राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय रित गौतम र राजेश ढकालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे । रित १७ बलमा ४ चौकाप्रहार गर्दै १९ रन बनाएर आउट भए । राजेशले ४८ बलमा ७ चौका प्रहार गर्दै ५१ रन बनाए ।
यस्तै प्रशान्त महत ३४ बलमा ३६ तथा आकाश चन्द ८ बलमा ७ रनमा नट आउट रहे । राप्तीका कमल थापाले २ विकेट लिए । उनले ४ ओभरमा ३० रन खर्चिए । खेलको चितवन टाइगर्स म्यान अफ दी म्याच राप्तीका कप्तान आकाश घोषित भए । उनले २ हजार प्राप्त गरे ।
विजेता राप्तीले २ लाख सहित ट्रफी र मेडल पाएको छ भने उपविजेता बनेको सौराहाले एक लाख रुपयाँ प्राप्त गर्यो । राप्तीका हरि बहादुर चौहान प्लेयर अफ दि सिरिज घोषित भए । उनले १० हजार सहित ट्रफी प्राप्त गरे । उनले सिपिएलमा १ सय ३१ बलमा १ सय ५३ रन बनाएका थिए भने १९ ओभरमा एक मेडन राख्दै ९० रन खर्चिएर ५ विकेट लिएका थिए ।
यस्तै राइट एण्ड एसोसिएट भरतपुर गुर्खाजका कृजन गुरुङ उत्कृष्ट बलर घोषित भए । उनले प्रतियोगिताभर १३.५ ओभर बलिङ गर्दै ७६ रन खर्चिएर ९ विकेट लिए । प्रतियोगिता भर ७३ बलमा १ सय ३१ रन बनाएका राप्तीका भिम सार्की उत्कृष्ट ब्याट्सम्यान घोषित भए ।
यस्तै राप्तीकै कप्तान आकाश थापा उत्कृष्ट अलराउण्डर घोषित भए । उनले प्रतियोगिताभर ९४ बलमा १ सय २२ रन बनाउनुका साथै १९ ओभरमा ८ विकेट समेत लिए । उनिहरुले जनही ४–४ हजारसहित ट्रफी प्राप्त गरे ।
उनिहरुलाई समापन समारोहका प्रमुख अतिथी बागमती प्रदेशका सांसद विजय सुवेदी र अतिथी राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं चितवन टाइगर्सका मार्की प्लेयर सोमपाल कामीले पुरस्कार बितरण गरेका थिए ।
प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेका ३ जना खेलाडीहरु नेपालकै सबै भन्दा ठुलो व्यवसायिक क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्सको ट्यालेन्ट हन्टमा छनोट भएका छन् ।
प्रतियोगिताका उत्कृष्ट अलराउण्डर राप्तीका कप्तान आकाश थापा, उत्कृष्ट बलर भरतपुर गुर्खाजका कृजन गुरुङ र सौराहाका राजेश ढकाल चितवन टाइगर्सको ट्यालेन्ट हन्टमा छनौट भएका हुन् । यस्तै भरतपुर गुर्खाजका कप्तान संघर्ष पौडेल बैकल्पिकमा परेका छन् ।
यसैबीच आयोजक नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सले राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान राजु खड्कालाई चितवनको क्रिकेट क्षेत्रको बिकासमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको छ । उनलाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।
समापन समारोहमा बोल्दै नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक राजु चौधरीले सिपिएलको पहिलो संस्करण सफलतापुर्वक सम्पन्न भएको बताए । आगामी संस्करणलाई अझ व्यवस्थित र परिस्कृत गर्दै लैजाने उनले जानकारी दिए ।
माघ १७ गतेबाट शुरु भएको प्रतियोगीतामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स, राप्ती ¥यापिड्स, इच्छाकामना वारीयर्स र माडी टाइगर्स सहभागी थिए । नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सको आयोजनामा सम्पन्न सिपिएलको सहआयोजकमा चितवन क्रिकेट संघ रहेको थियो ।
प्रतियोगिताको टाइटल स्पोन्सरमा चितवन मेडिकल कलेज रहेको थियो भने स्पोन्सरको रुपमा टेस्ला एयर कण्डिसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रालि चितवन रहेको थियो । त्यस्तै प्रतियोगिताको को–स्पोन्सरको रुपमा सेन्ट्रल कलेज अफभोकेशनल ट्रेनिङ सेन्टर रहेको थियो ।
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो। समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]