default_image

5 years ago

February 7, 2020

अम्पायर सुवेदीको ओडीआई डेब्यु

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– जुन सुकै क्षेत्रमा लाग्दा पनि त्यसको सबैभन्दा माथिल्लो तहमा पुग्ने सपना अधिकांशको हुन्छ नै । क्रिकेट अम्पायर दुर्गानाथ सुवेदी (देवेन्द्र) ले आफ्नो क्षेत्रमा त्यस्तै एउटा सपना पुरा गरेका छन् । उनले घरेलु मैदानमै एकदिवसीय अन्तर्राष्ट्रियमा (ओडीआई) मा डेब्यू गरेका छन् ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत बिहीबार ओमान र अमेरिकाबीचको खेल खेलाउँदै सुवेदीले ओडीआईमा डेब्यू गरेका हुन् । ओडीआई खेलाउने उनी दोस्रो नेपाली अम्पायर हुन् । यसअघि विभिन्न एसोसिएट राष्ट्र सम्मिलित लिस्ट ए र टि२० प्रतियोगितामा अम्पायरिङ गरिसकेका सुवेदीले यसै प्रतियोगितामा अवसर पाएका हुन् ।

‘अम्पारिङमा लाग्दा देखि नै कुनै दिन एक दिवसीय र टेष्ट क्रिकेट खेलाउने भन्ने सपना छ । अहिले ओडीआई खेलाउने सपना पुरा भएको छ,’ ४३ वर्षे सुवेदीले हाम्रो खेलकुदसँग भने,‘घरेलु मैदानमै यो अवसर जुट्नु मेरा लागि गौरवको क्षण हो ।’

सुवेदीले सन् २००६ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरिङ गर्दै आएका छन् । उनीसँगै आइसिसी डेभपलमेन्ट अन्तर्राष्ट्रिय प्यानलमा नेपालका बुद्धिबहादुर प्रधान र विनयकुमार झा छन् । प्रधान एकदिवसिय अन्तर्राष्ट्रिय खेलाउने पहिलो नेपाली हुन् । अम्पायर सुवेदी नेपाली खेलकुद पत्रकारको क्रियाशील संस्था नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष समेत हुन् ।

March 1, 2025

दक्षिण अफ्रिकालाई सामन्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो।‌ समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]

March 1, 2025

च्याम्पियन्स ट्रफी – दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

Success

Thank you for your time.