5 years ago
February 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका भरपर्दा अनुभवी ब्याट्सम्यान शरद भेषावकरले ओमान र अमेरिकासँग हुने बाँकी त्रिकोणात्मक एक दिवसिय सिरिज गुमाउने भएका छन् ।
ओमानसँगको पहिलो खेलमा ५५ रनको अर्ध शतकीय इनिङ खेल्नेक्रममा शरदको बायाँ हिपको मांशपेशीमा दुखाईको कारण बाँकी खेल गुमाउने भएका हुन् । शरदको स्थानमा ओपनर सुवास खकुरेललाई टोलीमा बोलाईएको छ ।
मध्यक्रमका प्रमुख ब्याट्सम्यान शरद नहुँदा नेपाललाई ठूलो धक्का लाग्ने भएको छ । सुवासको पुनरागमनले नेपालको ब्याटिङक्रम पुन: परिवर्तन हुने अनुमान गरिएको छ । नेपालले शनिबार अमेरिकासँग खेल्दै छ । अभ्यास खेलमा सुवासले अमेरिकाविरुद्ध मुलपानी क्रिकेट मैदानमा ५२ रनको अर्धशतकीय अविजित इनिङ खेलेका थिए ।
सुवासको आगमनले टोलीमा ओपनिङ पुन परिवर्तन हुने सम्भावना बढेको छ । अव ज्ञानेन्द्र र सुवासले ओपनिङ गर्ने उच्च सम्भावना देखिन्छ । पहिलो खेलमा ओमानसँग पारस र ज्ञानेन्द्रले ओपनिङ गरेका थिए । जसमा पारस ३ र ज्ञानेन्द्र १ रनमा आउट हुन पुगेका थिए ।
सुवासले गत वर्ष सेप्टेम्बर ४ मा मलेसियामा भएको एसिया कप क्वालिफायारमा हङकङसँग अन्तिम खेल खेलेका थिए । त्यसयता सुवास टोली बाहिर छन् । सुवास पछिल्लो समय राम्रो लयमा पनि देखिन्छन् । सुनसरीमा भएको एक दिवसिय एमएम कपमा प्रदेश ३ बाट सुवासले प्रदेश १ विरुद्ध ८५ रनको अविजित विजयी इनिङ खेलेका थिए ।
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो। समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]