5 years ago
February 6, 2020
एजेन्सी – महमूदुल हसन जोयको शतकसँगै बंगलादेश पहिलो पटक यू१९ विश्वकप फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकपमा बंगलादेशले विहीबार दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
जितका लागि २ सय १२ रनको विजयी लक्ष्य बंगलादेशले ४४.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । बंगलादेशको जितमा हसन जोयले १ सय २७ बलमा १३ चौका प्रहार गर्दै एक सय रनको शतकीय इनिङ खेले । शहादत हुसेन ५१ बलमा ४ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे । तौहीद हिरदोय ४० रनमा आउट भए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । न्युजिल्यान्डका बेकहम व्हीलर ग्रीनाल ८३ बलमा ५ चौका र २ छक्का सहित ७५ रनमा अविजित रहे । निकोलस लिडस्टोन ४४, फर्गस लेल्म्यान २४ र ओल्ली वाइट १८ रनमा आउट भए । बंगलादेशको शोरफुल इस्लाम ३, शमीम हुसैन र हसन मुरदले २-२ विकेट लिए ।
यू१९ विश्वकपमा बंगलादेशको यो १२ औं सहभागिता हो । यस अघि बंगलादेश सन् २०१६ मा घरेलु मैदानमा भएको यू१९ विश्वकपमा तेस्रो स्थानमा रहेको थियो । जुन बंगलादेशको यू१९ विश्वकपमा सर्वाधिक ठूलो सफलता रहँदै आएको थियो । भारतले पहिलो सेमिफाइनलमा पाकिस्तानलाई १० विकेट पराजित गर्दै फाइनलमा प्रवेश गरि सकेको छ । अव बंगलादेश र भारत उपाधिको लागि आइतबार प्रतिस्पर्धा गर्ने छन् ।
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]