5 years ago
February 6, 2020
एजेन्सी – इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाउने भएका छन् ।
दायाँ हातको कुनाईको चोटको कारण आर्चरले श्रीलंकासँग मार्चमा हुने दुई टेष्ट र भारतमा हुने आईपीएल गुमाउने इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । आर्चर गत डिसेम्बरमा भएको दक्षिण अफ्रिकासँगको पहिलो टेष्टको क्रममा घाइते हुन पुगेका थिए । आर्चर राजस्थान रोयल्सबाट आइपिएल खेल्ने गर्दछन् । आधुनिक क्रिकेटमा वाउन्सर बलको राजा मानिने आर्चर नहुँदा इंग्ल्यान्ड र राजिस्थान रोयल्स दुबैलाई ठूलो धक्का लाग्ने अनुमान गरिएको छ ।
आर्चरलाई सन् २०१८ को अक्सनमा राजस्थानले ७.२० करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । गत जुलाईमा भएको एकदिवसिय विश्वकप इंग्ल्यान्डलाई पहिलो पटक विश्वकप जिताउन आर्चरले महत्वपूर्ण प्रर्दशन गरेका थिए । आर्चरले विश्वकपमा ११ खेलमा २० विकेट लिएका थिए भने फाइनलमा सुपर ओभरमा उत्कृष्ट प्रर्दशन गरेका थिए ।
आगामी संस्करणको आईपीएल चैत्र १६ देखि जेठ ११ (मार्च २९ देखि मे २४) सम्म भारतका विभिन्न शहरमा हुने छ । यस पटकको आईपिएलको उद्घाटन र फाइनल मुम्बईमा हुने छ ।
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]