default_image

5 years ago

February 6, 2020

मेलबर्न स्टार्स फाइनलमा

154 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुबन्धित रहेको मेलबर्न स्टार्स बिग ब्यास लिगको फाइनलमा पुगेको छ । बिहीबार च्यालेन्जर खेलमा मेलबर्न स्टार्सले सिड्नी थन्डरलाई २८ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

मेलबर्न स्टार्सले प्रस्तुत गरेको १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको सिड्नी थन्डर २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६६ रन मात्रै बनाउन सक्यो । थन्डरका एलेक्स रोस ३८ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ५८ रनको योगदान दिए । ओपनर उस्मान खवाजा २३, एलेक्स हल्स ८, क्रिस मोरिस २१ र अर्जुन नायर ३० रनको योगदान दिए । तीब्र गतिका बलर हरिस रउफले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । नाथन कुल्टर नाइल र एडम जम्पाको नाममा २-२ विकेट रह्यो ।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । मार्कस स्टोइनिस र निक लरर्किनले समान ८३ रनको योगदान दिए । निक ४९ बलमा ९ चौका र ३ छक्का सहित अविजित रहे । उच्च लयमा रहेका स्टोइनिसलाई १७ औं ओभरको पाँचौ बलमा क्रिस मोरिसले बोल्ड आउट गरेका थिए । बोल्ड आउट हुनुअघि स्टोइनिसले ५४ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि मार्कस स्टोइनिस र निक लरर्किनले १ सय १७ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए । कप्तान ग्लेन म्याक्सवेल ४ रनमा अविजित रहे । क्रिस मोरिसले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । मेलबर्न स्टार्स उपाधिको लागि शनिवार सिड्नी सिक्सर्ससँग प्रतिस्पर्धा गर्ने छ ।

त्यसअघि क्वालिफायरमा सिक्सर्ससँग स्टार्स ४३ रनले पराजित हुँदै सिधैं फाइनलमा पुग्ने अवसर गुमाएको थियो । उता मेलबर्न फाइनलमा पुग्दा लेग स्पिनर सन्दीप नेपालमा छन् । सन्दीप आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसिय सिरिजको लागि लिग पछि नेपाल आएका थिए ।

March 1, 2025

च्याम्पियन्स ट्रफी – दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

Success

Thank you for your time.