default_image

5 years ago

February 6, 2020

ओमान अन्तिम ओभरमा विजयी

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मोहम्मद नदीमको अलराउन्ड प्रर्दशनमा आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा ओमानले लगातार दोस्रो जित हात पारेको छ । ओमानले बिहीबार अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । बुधबार ओमानले नेपाललाई १८ रनले हराएको थियो ।

अमेरिकाले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य ओमानले ४९.३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । मोहम्मद नदीम ८५ बलमा २ चौका र १ छक्का सहित ५५ रनमा अविजित रहे । पहिलो खेलमा नेपालविरुद्ध अर्ध शतकीय अविजित इनिङ खेलेका नदीमले आफ्नो लयलाई निरन्तरता दिदै टोलीको जित पक्का गरे । अकीब इलियासले सर्वाधिक ७२ रनको योगदान दिए । ३८ औं ओभरको तेस्रो बलमा रस्टी थेरनले बोल्ड आउट गर्नु अघि उनले १ सय १० बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

कप्तान सौरभ नेत्रवलकारले ओपनर जतिन्दर सिंहलाई स्टिभ टेलरबाट ४ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि खावर अली र अकीबले ६६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । १९ औं ओभरको चौथो बलमा इयान होल्यान्डले खावर अलीलाई ३१ रनमा एलबी डब्यू आउट गरे । उनले ५१ बलमा ५ चौका प्रहार गरे । टेलरले करिमा गोरलाई ११ रनमा क्याच आउट गराए । सुरज कुमार ३५ बलमा २ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे । अमेरिकाका सौरभ नेत्रवलकार, रस्टी थेरन, स्टिभ टेलर र इयान होल्यान्डले १-१ विकेट लिए ।

त्यसअघि विहान टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अमेरिका ५० ओभरमा अल आउट हुँदै २ सय १३ रनमा समेटिएको थियो । इयान होल्यान्डले सर्वाधिक ६५ रनको योगदान दिए । ४२ औं ओभरको तेस्रो बलमा अकीब इलियासको बलमा ठूलो सट खेल्ने प्रयासमा बिट हुँदा इयान बोल्ड आउट हुन पुगेका थिए । उनले ७८ बलमा ७ चौका प्रहार गरे । इयनको यो ओडीआई करिअरको पहिलो अर्ध शतक हो ।

एक समय १५.५ ओभरमा ५४-४ को कमजोर अवस्थामा पुगेको अमेरिकालाई पाँचौ विकेटका लागि इयन होल्यान्ड र अक्षय होमराजले ८२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । कलीमुल्लाहले ३३ औं ओभरको पाँचौ बलमा अक्षयलाई ४४ रनमा बोल्ड आउट गर्दै उक्त साझेदारी तोडेका थिए । अक्षयले ५३ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

नवौं ओभरको दोस्रो बलमा मोहम्मद नदीमले ओपनर जेभियर मार्शललाई १३ रनमा एलबिडब्लू आउट गर्दै ओमानलाई पहिलो सफलता दिलाए । दशौं ओभरको दोस्रो बलमा बायाँ हाते तीब्र गतिका बलर बिलाल खानले अमेरिका प्रमुख ब्याट्सम्यान स्टिभ टेलरलाई ४ रनमा एलबिडब्लू आउट गरेपछि अमेरिकाले सुरुमै दबाबको सामना गर्नु परेको थियो । नदीमले १३ ओभरको अन्तिम बलमा ओपनर आरोन जोन्सलाई १२ रनमा बोल्ड आउट गर्दै अमेरिकालाई ४८-३ को कमजोर अवस्थामा पुर्याए ।

कप्तान जिशान मकसुदले १६ औं ओभरको पाँचौ बलमा मोनक पटेललाई फष्ट सिलिपमा रहेका अकीब इलियासबाट १९ रनमा क्याच आउट गराए । पटेलले २८ बलमा ३ चौका प्रहार गरे । जिशानलेनै ३४ औं ओभरको अन्तिम बलमा एल्मोर हचिन्सनलाई १ रनमा बोल्ड आउट गरे । करिमा गोर ६ रनमा बोल्ड आउट भए । तल्लोक्रममा तिमिल पटेल १६, कप्तान सौरभ नेत्रवलकार १४ र रस्टी थेरनले १० रनको योगदान दिए ।

ओमानका मोहम्मद नदीमले ८ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । कप्तान जिशान मकसुदले १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर २ विकेट लिए । बिलाल खान र अकीब इलियास २-२ विकेट लिए । कलीमुल्लाहको नाममा १ विकेट रह्यो । अव शनिवार नेपाल र अमेरिका भिड्ने छन् ।

March 1, 2025

च्याम्पियन्स ट्रफी – दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

Success

Thank you for your time.