5 years ago
February 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा ओमान र अमेरिकाबीच प्रतिस्पर्धा जारी छ ।
टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले खराब प्रर्दशन गरि रहेको छ । अमेरिका २० ओभरका ६७-४ को अवस्थामा छ । नवौं ओभरको दोस्रो बलमा मोहम्मद नदीमले ओपनर जेभियर मार्शललाई १३ रनमा एलबिडब्लू आउट गर्दै ओमानलाई पहिलो सफलता दिलाए ।
दशौं ओभरको दोस्रो बलमा बायाँ हाते तीब्र गतिका बलर बिलाल खानले अमेरिका प्रमुख ब्याट्सम्यान स्टिभ टेलरलाई ४ रनमा एलबिडब्लू आउट गरेपछि अमेरिका सुरुमै दबाब परेको थियो । नदीमले १३ ओभरको अन्तिम बलमा ओपनर आरोन जोन्सलाई १२ रनमा बोल्ड आउट गरेपछि अमेरिका ४८-३ को कमजोर अवस्थामा पुग्यो ।
कप्तान जिशान मकसुदले १६ औं ओभरको पाँचौ बलमा मोनक पटेललाई फष्ट सिलिपमा रहेका अकीब इलियासबाट १९ रनमा क्याच आउट गराएपछि ओमान पूर्णरुपमा हाबी बनेको छ । पटेलले २८ बलमा ३ चौका प्रहार गरे । क्रिजमा अमेरिकाका अक्षय होमराज ३ र इआन होलान्ड १३ रनमा छन् ।
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]