5 years ago
February 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा आज ओमान र अमेरिका भिड्दै छन् । टियू क्रिकेट मैदानमा भएको टसमा ओमानका कप्तान जिशान मकसुदले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
नेपाललाई पहिलो खेलमा १८ रनले हराएको ओमानको मनोबल उच्च छ । ओमान नेपालसँगको नतिजालाई निरन्तरता दिन चाहान्छ । ओमानलाई शीर्ष स्थानमा उक्लिने अवसर पनि छ । आजको खेलमा ओमान विजयी भए अमेरिकालाई नेट रनरेटले पछि पार्दै शीर्ष स्थानमा उक्लिने छ । ओमान ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक जोड्दै दोस्रो स्थानमा छ ।
शीर्षस्थानमा रहेको अमेरिकाले ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक जोडेको छ । अभ्यास खेलमा नेपाल ११ सँग अमेरिका ३७ रनले पराजित भएको थियो । जुन गल्ती अमेरिका दोहोराउन चाहादैन ।
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]