5 years ago
February 5, 2020
एजेन्सी – भारतीय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को लगातार तेस्रो पटक कारवाहीमा परेको छ । बुधबार आईसीसीले एक प्रेस विज्ञप्ती जारी गर्दै ८० प्रतिशत जरिवाना लगाएको छ ।
ह्यामिल्टनमा बुधबार सम्पन्न न्युजिल्यान्डसँगको पहिलो ओडीआई खेलमा ‘स्लो ओभर रेट’ को कारण भारत लगातार तेस्रो पटक कारबाहीमा परेको हो । बुधबार पहिलो ओडीआईमा न्युजिल्यान्डले भारतलाई ४ विकेटले हराएको थियो । न्युजिल्यान्डले ३ सय ४८ रनको लक्ष्य ६ विकेट गुमाउँदै ४८.१ ओभरमा पुरा गर्दै शानदार जित दर्ता गरेको थियो । जसक्रममा भारतले निर्धारित समय भन्दा चार ओभर खेल ढिला गरेपछि ८० प्रतिशत जरिवानामा परेको हो ।
आईसीसी प्यानलका म्याच रेफ्रि क्रिस बोर्डले भारतले निर्धारित समय भन्दा चार ओभर ढिला गरे पछि कारबाही परेको जनाएका छन् । आईसीसीको नियम २.२२ अनुसार निर्धारित समय भन्दा एक ओभर ढिला भए खेलको २० प्रतिशत जरिवाना लाग्ने गर्दछ । त्यसै अनुसार भारत ८० प्रतिशत जरिवानमा परेको हो । कोहलीले जरिवाना स्वीकार गरेका छन् ।
आईसीसीले आईतबार सम्पन्न पाँचौ तथा अन्तिम टि ट्वान्टी खेलमा ‘स्लो ओभर रेट’ को कारण भारतलाई २० प्रतिशत रकम जरिवना लगाएको थियो । त्यसअघि भारतलाई शुक्रबार न्युजिल्यान्डसँगको चौथो टि ट्वान्टी खेलमा ‘स्लो ओभर रेट’ को कारण आईसीसीले भारतलाई ४० प्रतिशत रकम जरिवना लगाएको थियो ।
भारतले पाँच टि ट्वान्टी सिरिज क्लिनस्वीप गरेको थियो । तीन ओडीआई सिरिज अन्तर्गत दोस्रो खेल शनिवार हुने छ । टि ट्वान्टी सिरिजमा क्विनस्वीप बेहोरोको घरेलु टोली न्युजिल्यान्ड ओडीआई सिरिज जित्ने सोचमा छ ।
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]