default_image

5 years ago

February 5, 2020

भारतमाथि न्युजिल्यान्डको शानदार जित

116 views

0 Bookmark

एजेन्सी – घरेलु टोली न्युजिल्यान्डले पहिलो एक दिवसिय खेलमा भारतलाई ४ विकेटले पराजित गरेको छ । भारतले प्रस्तुत गरेको ३ सय ४८ रनको विशाल लक्ष्य न्युजिल्यान्डले ४८.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । न्युजिल्यान्डको जितमा अनुभवी ब्याट्सम्यान रस टेलरले १ सय ९ रनको शतकीय अविजित इनिङ खेले ।

टेलरको यो ओडीआई करिअरको २१ औं शतक हो । टेलरले ८४ बलमा १० चौका र ४ छक्का प्रहार गरे । न्युजिल्यान्डलाई ओपनर मार्टिन गुप्टिल र हेनरी निकोलसले १५.४ ओभरमा ८५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । गुप्टिललाई शार्दुल ठाकुरले केधार जादवबाट ३२ रनमा क्याच गराए ।

हेनरी निकोलस ८२ बलमा ११ चौका सहित ७८ रनमा रन आउट भए । कप्तान टम लेथमले ४८ बलमा ८ चौका र २ छक्का सहित ६९ रनमा क्याच आउट भए । चौथो विकेटका लागि लेथम र टेलरले १ सय ३८ रनको शतकीय साझेदारी गरेपछि न्युजिल्यान्डको जित सहज बनेको थियो । भारतका कुलदीप यादव २, शार्दुल ठाकुर र मोहम्मद शामीले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो । युवा ब्याट्सम्यान श्रेयस ऐरले १ सय ७ बलमा ११ चौका र १ छक्का सहित १ सय ३ रनको शतकीय इनिङ खेले । श्रेयरको यो ओडीआई करिअरको पहिलो शतक हो ।

लोकेश राहुल ६४ बलमा ६ छक्का र ३ चौका सहित ८८ रनमा अविजित रहे । पृथ्वी शा २०, मयंक अग्रवाल ३२, कप्तान विराट कोहली ५१ रनमा आउट भए । न्युजिल्यान्डका टिम साउथीले २, कोलिन डी गा्रन्डहोम र ईश सोधीले १-१ विकेट लिए । तीन ओडीआई सिरिज अन्तर्गत दोस्रो खेल शनिबार हुनेछ ।

March 1, 2025

च्याम्पियन्स ट्रफी – दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

Success

Thank you for your time.