default_image

5 years ago

February 5, 2020

लगातार विकेट पतनसँगै नेपाल दबाबमा

120 views

0 Bookmark

नेपाल काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले प्रस्तुत गरेको मध्यम लक्ष्य पक्ष्याएको नेपाल संकटमा परेको छ । १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल २४ ओभरमा ७४-५ को कमजोर अवस्थामा रहेको छ ।
नेपालका शरद भेषवाकर २५ रनमा खेलि रहेका छन् भने उनलाई विकेटकिपर विनोद भण्डारीले साथ दिन क्रिजमा आएका छन् । सुरुवाती चार रनमै दुबै ओपनर पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपाललाई उप कप्तान दीपेन्द्र सिंह ऐरी र अनुभवी ब्याट्सम्यान शरदले तेस्रो विकेटका लागि ६२ रनको कीर्तिमानी साझेदारी गर्दै इनिङ उकासे ।
नेपालको ओडीआईमा यो तेस्रो विकेटका लागि भएको उच्च साझेदारी हो । ओडीआईमा नेपालको यो दोस्रो उच्च साझेदारी पर्दछ । दीपेन्द्रलाई २० औं ओभरको तेस्रो बलमा मोहम्मद नदीमले ३६ रनमा एलबिडब्लू आउट गरे । दीपेन्द्रले ५७ बलमा ५ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्र १ र पारस ३ रनमा क्याच आउट हुन पुगे ।
कलीमुल्लाहको चौथो ओभरको पाँचौ बलमा सट खेल्नेक्रममा  ज्ञानेन्द्र मोहम्मद नदीमबाट क्याच हुन पुगे । त्यस्तै बिलाल खानको पाँचौ ओभरको तेस्रो बलमा पारस सट खेल्नेक्रममा एज लाग्दै विकेटकिपर सुरज कुमारबाट ३ रनमा क्याच आउट भएका थिए ।
२४ औं ओभरको पहिलो बलमा आरिफ शेख ६ रनमा जीशान मकसुदको कट एण्ड बोल्ड आउटको शिकार बने । लागत्तै दोस्रो बलमा रोहित कुमार पौडेल दोस्रो स्लिपमा रहेका खावर अलीबाट शून्यमा आउट भएपछि नेपाल दबाबमा परेको छ ।

 

March 1, 2025

च्याम्पियन्स ट्रफी – दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

Success

Thank you for your time.