5 years ago
February 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले प्रस्तुत गरेको मध्यम लक्ष्य नेपालले पछ्याइ रहेको छ । नेपालले २२ ओभरमा ३ विकेट गुमाउँदै ७१ रन बनाएको छ ।
सुरुवाती चार रनमै दुबै ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपाललाई उप कप्तान दीपेन्द्र सिंह ऐरी र अनुभवी ब्याट्सम्यान शरद भेषवाकरले तेस्रो विकेटका लागि ६२ रनको कीर्तिमानी साझेदारी गर्दै इनिङ उकासे । नेपालको ओडीआईमा यो तेस्रो विकेटका लागि भएको उच्च साझेदारी हो ।
ओडीआईमा नेपालको यो दोस्रो उच्च साझेदारी पर्दछ । दीपेन्द्रलाई २० औं ओभरको तेस्रो बलमा मोहम्मद नदीमले ३६ रनमा एलवी डब्लू आउट गरे । दीपेन्द्रले ५७ बलमा ५ चौका र १ छक्का प्रहार गरे । शरद २१ बलमा ३ चौका सहित २४ रनमा खेलि रहेका छन् । आरिफ शेखले ५ रनमा साथ दिई रहेका छन् । सधैं चिन्ताको विषय बन्ने आपनिङ आज पनि सम्झन लायक रहेन ।
ओपनर तथा कप्तान ज्ञानेन्द्र १ र पारस ३ रनमा क्याच आउट हुन पुगे । कलीमुल्लाहको चौथो ओभरको पाँचौ बलमा सट खेल्नेक्रममा कप्तान ज्ञानेन्द्र मोहम्मद नदीमबाट क्याच हुन पुगे । त्यस्तै बिलाल खानको पाँचौ ओभरको तेस्रो बलमा पारस सट खेल्नेक्रममा एज लाग्दै विकेटकिपर सुरज कुमारबाट ३ रनमा क्याच आउट भएका थिए ।
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]