5 years ago
February 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँगको खेलमा राम्रो सुरुवात गरेको छ ।
टीयू क्रिकेट मैदानमा टसमा जितेर बलिङ गरि रहेको नेपालले ओमानलाई सुरुवाती समय दबाबमा राखेको छ । ओमानले ६ ओभरमा १५ रन जोड्दा १ विकेट गुमाएको छ । उसका खावर खलीले १ र अकीब इलियास १० रनमा खेलिरहेका छन् ।
तीब्र गतिका बलर करण केसीले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई ४ रनमा बोल्ड आउट गरे । त्यस अघि चौथो बलमा जतिन्दरले चौका प्रहार गर्दा अन्य बल डट राखेका थिए । ओडीआई डेब्यू खेल खेलि रहेका अभिनाश बोहराले दोस्रो ओभर डट राख्दै ओमानका ब्याट्सम्यानलाई दबाब सिर्जना गरे । तेस्रो ओभरको तेस्रो बलमा अकीब इलियास रन आउट बाट बचे ।
शरद भेषवाकरले डाइरेक्ट प्रहार गरेको थ्रो स्टम्प नजिकैबाट बाहिर गएको थियो । तेस्रो ओभरका करणले १ रन दिदै थप दबाबमा राखेका छन् । करण र अभिनाशको जोडीले ओमानका ब्याट्सम्यानलाई दबाबमा राखेका छन् । करणले तीन ओभरमा १ मेडन सहित ५ रन खर्चेर १ विकेट लिएका छन् । अभिनाशले २ ओभरमा १ मेडन सहित ५ रन खर्चेका छन् ।
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]