default_image

5 years ago

February 5, 2020

नेपालले टस जित्यो, अभिनाश र सुशनको डेब्यू

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार ओमानविरुद्ध पहिला बलिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । यो सँगै टीयू मैदानले ओडीआई मान्यता पाएको छ ।

तीब्र गतिका बलर अभिनाश बोहरा र स्पिनर सुशन भारीले डेब्यू गरेका छन् । अभिनाश नेपालबाट ओडीआईमा डेब्यू क्याप लगाउने २० औं खेलाडी हुन् । योसँगै अभिनाश घरेलु मैदानमा ओडीआईमा डेब्यू गर्ने पहिलो खेलाडी बनेका छन् ।

गत वर्ष यूएईसँगको तीन टि ट्वान्टी सिरिजबाट नेपाली क्रिकेटमा डेब्यू गरेका अभिनाशले नेपालबाट १७ टि ट्वान्टी आई र १ लिष्ट ए खेलेका छन् । गत नोभेम्बरमा बंगलादेशमा भएको इमर्जिङ एक दिवसिय एसिया कपमा हङकङविरुद्ध लिष्ट ए मा डेब्यू गरेका थिए । उक्त खेलमा अभिनाशले ९ ओभरमा २ मेडन सहित ३२ रन खर्चेर ३ विकेट लिएका थिए । अभिनाशले तीब्र गतिका करण केसीलाई साथ दिने छन् ।

बायाँ हाते युवा स्पिनर सुशन भारीले पनि ओडीआईमा डेब्यू गरेका छन् । सुशनले २१ औं नेपालको ओडीआई क्याप लगाएका हुन् । बायाँ हाते स्पिनर भारीले नेपालबाट टि ट्वान्टी ६ आई र ४ लिष्ट ए खेलि सकेका छन् । नियमीत अनुभवी स्पिनर वसन्त टोलीमा नहुँदा सुशनले डेब्यू गरेका हुन् । सुशनले सन् २०१७ को अक्टोबरमा हङकङ विरुद्ध डेब्यू गरेका थिए ।

माघ पहिलो साता सम्पन्न मनमोहन मेमोरियल एक दिवसिय क्रिकेट प्रतियोगितामा सुशन सर्वोउत्कृष्ट बलर घोषित भएका थिए । उक्त प्रतियोगितामा सुसनले ४ खेलमा २९.४ ओभरमा ८५ रन खर्चेर १५ विकेट लिए । जसमा इनरुवा विरुद्ध ह्याट्रिक सहित ७ विकेट लिएका थिए । नेपालले ७ ब्याट्सम्यान र ४ प्रमुख बलर मैदान उतारेको छ । नेपालले कमल सिंह ऐरी, कुशल मल्ल र ललित नारायण राजवंशीलाई बेन्चमा राखेको छ ।

नेपालको प्लेइङ ११ :

ज्ञानेन्द्र मल्ल (कप्तान) , आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, रोहित कुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने

बेन्च :

कुशल मल्ल, ललित नारायण राजवंशी र कमल सिंह ऐरी

March 1, 2025

च्याम्पियन्स ट्रफी – दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

Success

Thank you for your time.