5 years ago
February 4, 2020
एजेन्सी – यशस्वी जैसवालको उत्कृष्ट शतकमा भारत दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार सेमिफाइनलमा पाकिस्तानलाई १० विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।
पाकिस्तानले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य भारतले ३५.२ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो । भारतको जितमा ओपनर यशस्वी जैसवाल १ सय १३ बलमा ८ चौका र ४ छक्का सहित १ सय ५ रनमा अविजित रहे । जैसवालले अन्तिम बलमा आमिर अलीलाई छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गर्नुको साथै खेल फिनिसिङ गरेका थिए । दिव्यान्शु सक्सेना ९९ बलमा ६ चौका सहित ५९ रनमा अविजित रहे ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको पाकिस्तान ४३.१ ओभरमा अल आउट हुँदै १ सय ७२ रनमा समेटिएको थियो । उसका कप्तान रोहेल नाजिरले १ सय २ बलमा ६ चौका सहित सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर हैदर अलीले ७७ बलमा ९ चौका सहित ५६ रनमा क्याच आउट भए । मोहम्मद हरिसले २१ रन जोडे । तर पाकिस्तानका ८ खेलाडीले दोहोरो अंकमा रन छुन नसक्दा पाकिस्तान सस्तैमा समेटिएको हो ।
भारतका सुशान्त मिश्रले ८.१ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै तीब्र गतिका बलर कात्तिक त्यागि र रवि विश्रोईले २-२ विकेट लिए । भारतले अव उपाधिको लागि बंगलादेश र न्युजिल्यान्ड मध्य एकसँग खेल्ने छ । न्युजिल्यान्ड र बंगलादेशबीच दोस्रो सेमिफाइनल विहीबार हुने छ । फाइनल आइतबार हुने छ ।
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]