default_image

5 years ago

February 4, 2020

राप्ती सिपिएलको फाइनलमा

123 views

0 Bookmark

विनोद बाबु रिजाल, चितवन

राप्ती ¥यापिड्स नारायणगढको क्याम्पाचौरमा जारी चितवन प्रिमियर लिग (सिपिएल) को फाइनलमा पुगेको छ । लगातार तेस्रो जित निकाल्दै राप्ती फाइनलमा प्रवेश गरेको हो । मंगलबार राप्तीले इच्छाकामना वारियर्सलाई ५ विकेटले पराजित ग¥यो ।

इच्छाकामनाले दिएको १ सय ४९ रनको लक्ष्य राप्तीले ७ बल बाँकी रहँदै ५ विकेट गुमाएर पूरा ग¥यो ।
राप्तीको जितका भीम सार्की नायक बने । विष्फोटक ब्याटिङ गरेका सार्कीले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६१ रनको अर्धशतकीय पारी खेले ।

यस्तै साकार धरेलले ४९ बलमा ४ चौका प्रहार गर्दै ४३ रन बनाए । इच्छाकामनाका प्रशान्त आचार्यले २ तथा कप्तान दीपेश श्रेष्ठ, अमर सिंह रौटेला र दिवस आचार्यले समान १ विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको इच्छाकामनाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो । टोलीका लागि गौतम केसीले ५३ रन बनाए । यस्तै सन्दीप सुनारले ३७ तथा प्रतीक श्रेष्ठले २४ रन बनाए ।

राप्तीका कमल थापाले ४ ओभरमा २९ रन खर्चिंदै ३ विकेट लिए । यस्तै कप्तान आकाश थापा र हरिबहादुर चौहानले समान २ विकेट लिए ।

सौराहाको इलिमिनेटर सम्भावना जीवितै

तेस्रो खेलमा जित हात पार्दै सौराहा स्याण्ड्सले सिपिएल इलिमिनेटर सम्भावना जीवितै राखेको छ । जारी प्रतियोगितामा खराब लयबाट गुज्रिएको सौराहाले मंगलबार राइट एण्ड एसोसिएट भरतपुर गुर्खाजलाई पराजित ग¥यो ।

गर वा मरको अवस्थामा रहेको सौराहाले भरतपुरविरुद्ध ६ विकेटको सम्माजनक जित हात पा¥यो । भरतपुरले दिएको १ सय २३ रनको लक्ष्य सौराहाले ४ विकेट गुमाएर पुरा ग¥यो । सौराहाको जितमा राजेश ढकालले उत्कृष्ट पारी खेले ।

४९ रन बनाएका राजेश अर्धशतक बनाउनबाट एक रनले चुके । उनले ५७ बलमा ३ चौका र एक छक्का प्रहार गरे । यस्तै कप्तान सन्तोष न्यौपानेले २७ बलमा ४ चौका प्रहार गर्दै ३८ रन बनाए । भरतपुरका रविन्द्रजंग शाहीले २ विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको भरतपुर २ बल बाँकी हुँदा १ सय २२ रनमा अलआउट भएको थियो । भरतपुरका लागि रवीन्द्रजंग शाही र वीरेन्द्र शाहले समान २६ रन बनाए । अन्य ब्याट्सम्यान चल्न सकेनन् । सौराहाका अनुज चनरा र राजेश लम्सालले समान ३ विकेट लिए । खेलको म्यान अफ दी म्याच सौराहाका राजेश ढकाल घोषित भए ।

प्रतियोगिताअन्तर्गत बुधबार पनि २ खेल हुनेछन् । बुधबार पहिलो खेलमा माडी टाइगर्स र राप्ती ¥यापिड्स तथा दोस्रो खेलमा इच्छाकामना वारियर्स र सौराहा स्याण्ड्स भिड्नेछन् । इलिमिनेटर पुग्ने चारै टोलीको सम्भावना उत्तिकै रहेकोले बुधबारको खेल निर्णायक हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

March 1, 2025

च्याम्पियन्स ट्रफी – दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

Success

Thank you for your time.