5 years ago
February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल, ओमान र अमेरिकाबीच बुधबारदेखि कीर्तिपुर क्रिकेट मैदानमा त्रिकोणात्मक ओडीआई सिरिज हुँदैछ ।
यस सिरिजमा नेपालले इतिहास रच्ने छ । नेपालले हाल सम्म खेलेका ६ ओडीआई विदेशी भुमिमा थिए । नेपालले पछिल्लो पटक गत माघमा यूएइसँग उसकै भुमिमा तीन ओडीआई सिरिज खेलेको थियो । जुन सिरिज नेपालले २-१ ले जितेको थियो । त्यसअघि नेपालले अगष्टमा नेदरल्यान्डसँग दुई खेल खेल्दै वान डे मा डेब्यू गरेको थियो । जुन सिरिज १-१ को बराबरीमा सकिएको थियो । नेपालले दुई ओडीआई सिरिज खेलेको छ । दुवै सिरिज गुमाएको भने छैन । एकवर्ष पछि नेपालले ओडीआई खेल्न लागेको हो ।
ओडीआई मान्यता पाएको झण्डै दुई वर्षपछि नेपालले घरेलु मदानमा पहिलो सिरिज खेल्न लागेको छ । आईसीसी विश्वकप लिग-२ मा नेपालको लक्ष्य पनि शीर्ष दुईमा अन्त्य गर्ने कप्तान ज्ञानेन्द्र मल्ल बताउछन् । नेपालले ओमान र अमेरिकासँग ओडीआईमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।
त्रिकोणात्मक सिरिजको घोषित टोलीमा अनुभवी खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र विनोद भण्डारी रहेका छन् । यी चार बाहेक अन्य युवा हुन् । पारस र ज्ञानेन्द्रले ओपनिङ गर्दै छन् । तेस्रो नम्बरमा अनुभवी ब्याट्सम्यान शरदको संभावना छ । शीर्षक्रममा अनुभवी खेलाडी रहेपनि मध्यक्रम र तल्लोक्रममा नेपालको ब्याटिङ युवा खेलाडीको प्रर्दशनमा निर्णायक रहने छ ।
दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल र विनोद भण्डारी मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान हुन् । प्रमुख तथा अनुभवी ब्याट्सम्यान शीर्षक्रममा रहँदा मध्यक्रम कमजोर हुने हो की भन्ने चिन्ता पनि त्यतिनै छ ।
तल्लोक्रममा करण केसीबाट आक्रामक ब्याटिङ गर्दै ठूलो इनिङ खेल्न सक्छन् । नेपाली क्रिकेट इतिहासमा बलिङ प्रमुख हतियार मानिन्छ । यस पटक टोलीमा अनुभवी बलर छैनन् । सोमपाल कामी चोट र वसन्त रेग्मी पारिवारीक कारण टोलीमा नहुँदा बलिङ युनिटमा अनुभवी खेलाडीको अभाव देखिएको हो । दबाबमा अनुभवी खेलाडीले आफ्नो अनुभवको फाइदा उठाउन सक्छन् ।
बलिङमा तीब्र गतिका करण केसीसँगै, अभिनाश बोहरा र कमल सिंह ऐरी छन् । स्पिनरमा लेग स्पिनर सन्दीप लामिछाने, ललित नारायण राजवंशी र सुशन भारी छन् । करण पछिल्लो दुई वर्षमा नेपालको नियमित तीब्र गतिको बलरमा सोमपालको जोडी रहँदै आएका छन् । लेग स्पिनर सन्दीप लामिछाने प्रमुख हतियार हुन् । उनको प्रर्दशन अझ महत्वपूर्ण हुने छ । कमल पहिलो पटक सिनियर टोलीमा डेब्यूको आशामा छन् भने अभिनाशसँग एक दिवसिय अन्तर्राष्टिय खेलको खासै अनुभव छैन ।
६ ओडीआई प्रर्दशन हेर्न हो भने युवा खेलाडीको प्रर्दशन सन्तोषजनक छ । ६ ओडीआई खेलमा पारस खड्काले १ शतक र १ अर्ध शतक सहित कुल २ सय ३५ रन बनाएका छन् । सोमपाल कामीले १ सय ४६, ज्ञाानेन्द्र मल्ल १ सय ४३ र दीपेन्द्र सिंह ऐरीले कुल १ सय ८ रन बनाएका छन् । अन्य खेलाडीले कुल रन सय भन्दा कम रहेको छ । युवा ब्याट्सम्यान आरिफ शेख ९४, रोहित कुमार पौडेल ८६ र विनोद भण्डारीको ३५ रनको छ । बलिङतर्फ सन्दीप लामिछानेले १५, सोमपाल कामी १३, पारस खड्का ९, करण केसीले ५ खेलमा ५ विकेट मात्रै लिएका छन् । ललित नारायण राजवंशीले ३ खेलमा विकेट लिन सकेका छैनन् ।
घरेलु मैदान र समर्थकको साथ
घरेलु समर्थकलाई १२ औं खेलाडी भन्ने गरिन्छ । नेपाली क्रिकेटले स्वेदश होस् वा विदेशमा समर्थकबाट राम्रो साथ पाउँदै आएको छ । टीयूमा २० हजार भन्दा बढि दर्शकको आशा गरिएको छ । अर्कोतर्फ सबै खेलाडीलाई टीयूको बारे राम्रोसँग थाहा छ । घरेलु मैदानको फाइदा उठाउँदै नेपाली खेलाडी हाबी हुन सक्छन् ।
स्पिनर प्रमुख हतियार
विश्वकप लिग २ मा नेपालको जित वा हार बढी स्पिनरको प्रर्दशनले भर पर्ने छ । जुन कप्तान ज्ञानेन्द्र पनि स्वीकार गर्दछन् । टियुको पिच स्पिनर उपयोगी मानिन्छ । स्लो पिचको फाइदा उठान सके नेपाललाई धेरै सहज हुने छ । स्पिनर सन्दीप लामिछानेको प्रर्दशन पनि महत्वपूर्ण हुने छ । त्रिकोणात्मक सिरिजमा युवा खेलाडीको उच्च प्रर्दशन विना जित कठिन देखिन्छ ।
नेपालको टोली:
ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल, कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]